९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘चौतर्फी घेराबन्दीमा पनि एमालेको नतिजा सन्तोषजनक’

८ आश्विन २०७४, आईतवार १२:३३

असोज ८, भक्तपुर । नेकपा (एमाले)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेलाई चौतर्फी घेराबन्दीमा पारे पनि २ नं प्रदेशको स्थानीय तहको निर्वाचनमा एमालेले सन्तोषजनक नतिजा हासिल गरेको बताउनुभएको छ । 

सुनौलो प्रेस क्लब एण्ड मिडिया प्रा.लि., भक्तपुरले आज सूर्यविनायकमा आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले प्रदेश नं २ को निर्वाचनमा एमालेविरुद्ध सबै दल मिलेर एक्ल्याए पनि अन्ततः एमालेले पाएको नतिजामा सन्तोष गर्ने ठाउँ रहेको बताउनुभयो । 

स्थानीय तहको निर्वाचनमा एमाले पहिलो दल बन्न सफल भएको चर्चा गर्दै उहाँले मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बनेर एमालेको नेतृत्वमा सरकार गठन हुने दाबी गर्नुभयो । 

खनालले भन्नुभयो, “नेपालमा कोही पनि ठूल्दाइ र सानोभाइ छैनन्, सबै समान छन्, कसैले आफूलाई ठूल्दाइ नसम्झे हुन्छ ।” विश्वका सबै देशसँग नेपालको समान सम्बन्ध रहेको भन्दै दुई छिमेकी मुलुक चीन र भारतसँग पनि समान सम्बन्ध रहेको उहाँको भनाइ थियो । 

संविधानसभाले संविधान निर्माण गरी कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचनसमेत सम्पन्न भइसकेको भन्दै नेपाली जनताले देशलाई अग्रगामी दिशातर्फ अगाडि बढाउने जिम्मेवारी एमालेको काँधमा सुम्पिएको जिकिर गर्नुभयो । 

अब सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरण गर्न सबै राजनीतिक दल जुटेर देश विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले संविधान कार्यान्वयनसँगै देशले विकासमा फड्को मार्ने बताउनुभयो । 

संस्थाका अध्यक्ष जीवन ढुंगानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख चिरञ्जीवी खनाल, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलाई सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो