"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी नै कर्णाली समृद्धिको आधार हो: प्रचण्ड

९ आश्विन २०७४, सोमबार ०३:३२

असोज ८, जुम्ला । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नै कर्णालीको समृद्धिको आधार भएको बताउनुभएको छ । 


आज जुम्लाको सिँजामा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले कठिन संघर्षले ६ नं प्रदेशको निर्माण भएको जनाउँदै कर्णालीको समृद्धि माओवादीको प्रमुख एजेण्डा रहेको तर्क गर्नुभयो । 

माओवादीबिना देशको समृद्धिको कल्पना गर्न नसकिने दाबी गर्दै उहाँले आफू नेतृत्वको सरकारले नेपालको ७.५ प्रतिशत आर्थिक वृद्धि गर्नुका साथै संविधानअनुसार मुलुकको संघीयता कार्यान्वयन गरेको जनाउनुभयो । 

उहाँले कर्णालीमा समृद्धि ल्याउनका लागि नाग्म–मुगु सडक, सिँजा सभ्यताको विकास र मुगु गमगढी हुँदै नाक्चेलाग्ना जोड्ने सडक निर्माणमा जोड दिने बताउनुभयो । गरिब, श्रमजीवी नेपालीको आस्थाको धरोहर पार्टी माओवादी केन्द्र ठानेर अहिले प्रवेशको लहर चलेको उहाँको भनाइ थियो । 

सो अवसरमा अध्यक्ष दाहालले नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धिताल र जिल्ला अध्यक्ष खम्ब शाहीसहित ७०० कार्यकर्तालाई पार्टी प्रवेश गराउनु भएको थियो । 

माओवादी केन्द्र पार्टी प्रवेश गरेलगत्तै अध्यक्ष दाहालले नवप्रवेशी धिताललाई तिला, हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिका समेटिएको २ नं क्षेत्रबाट प्रदेशसभाका लागि टिकट दिएको घोषणा गर्नु भएको थियो । 

उहाँले तराईको चुनावपूर्व माओवादी केन्द्र प्रवेश गर्ने नवप्रवेशीलाई टिकट दिँदा जीत हात परेको र यसपटक धिताललाई दिएको टिकटले पार्टीको विजय हुने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे