2026-09-16 07:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अलैँचीको मूल्य नपाएपछि धनकुटाका किसान निराश

असोज ९, धनकुटा। अलैँची बिक्री गरेर गत वर्ष रु २० लाख आम्दानी गर्नुभएका महालक्ष्मी नगरपालिका–४ का रत्नबहादुर थापा यस वर्ष रु पाँच लाख पनि नआउने भएपछि निराश हुनुभएको छ । 

यस वर्ष अलैँचीको मूल्यमा कमी आएको छ । विगत वर्षमा प्रतिमन रु एक लाख २० हजारसम्ममा बिक्री भएको अलँैची हाल प्रतिमन रु ३० हजारदेखि रु ३२ हजारमा बिक्री भइरहेको छ । 

मनग्य आम्दानी हुने देखेर अन्य खेती छोडेर अलैँंची उत्पादनमा लाग्नुभएका महालक्ष्मी नगरका चेतन कार्की मूल्यमा कमी आएपछि निराश बनेका छन् । मूल्यमा अत्यधिक कमी आएपछि थापा र कार्कीजस्तै जिल्लाका ३०० भन्दा बढी किसानले उत्पादन गरेको अलैंँची अहिले घरमै थन्किएको छ । 

विसं २०३७ देखि सामान्य अलैँंचीखेतीमा लाग्नुभएका जिल्लाका किसानले व्यावसायिकरुपमा २०५० देखि यसको खेती शुरु गरेको कार्कीले बताउनुभयो । महालक्ष्मी नगरपालिकाका लेकाली क्षेत्रका जंगलमा अलैँचीखेती पर्याप्तरुपमा गरिँदै आएको छ । अहिले घरको करेसाबारीदेखि रसिला पाखा, खोल्सा अलैंँचीले ढाकेको छ । अलँैंचीको उत्पादन पर्याप्त भएपनि किसानले उचित मूल्य भने पाउन सकेका छैनन् । 

“खेताला खर्च उठाउन निकै कठिन भएको छ,” पाख्रिबास नगरपालिका–२ का ठगेन्द्रबहादुर अधिकारीले भन्नुभयो । केही वर्षयता अत्यधिक खडेरी र विभिन्न प्रकोपका कारण बगान नै सखाप भएको थियो । गत वर्ष रोग किराको संक्रमणसँगै लामो खडेरी व्यहोरेका किसान उत्पादन न्यून भए पनि उचित मूल्य पाएर आम्दानीमा वृद्धि भएपछि उत्साहित बनेका थिए । किसान थप अलैँंचीखेती विस्तारमा लागेका थिए । 

कालो सुनको रुपमा रहेको आम्दानीको मुख्य स्रोत मानिएको अलँैचीको गत वर्ष जिल्लामा रु ३० करोडभन्दा बढीको कारोबार भएको थियो । जिल्लाको २३० हेक्टर जमिनमा लगाइएको अलँैची खेतीबाट १३४ मेक्ट्रिक टनभन्दा बढी उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । 

जिल्लाको पाख्रिबास, महालक्ष्मी, धनकुटा नगरपालिका, छथरजोरपाटी र सागुरीगढी गाउँपालिका क्षेत्र अलैँची उत्पादनको पकेट क्षेत्र हुन् । सिँचाइ अभाव, रोग किरा संक्रमण व्यहोरेका किसान पुनः उत्पादन बढे पनि मूल्य नपाएपछि निराश बनेका छन् । रामसाही, गोलसाही र स्थानीय उन्नत जातका अलैँचीको बिरुवाबाट पर्याप्त आम्दानी हुने गरेको साँगुरीगढी गाउँपालिकाका रामबहादुर राईले बताउनुभयो । 

“चार वर्ष अन्योल भयो, गानो कुहिने, डाँठ कुहिने, छिर्केफुर्केलगायत रोगले अलैँचीखतीमा ह्रास आएको छ,” जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सूर्य सापकोटाले भन्नुभयो । पूर्वी पहाडी क्षेत्रको मुख्य नगदेबालीका रुपमा रहेको अलैँची तराईका जिल्ला तथा भारत, चीन, बंगलादेशलगायत मुलुकमा निकासी हुने गरेको थियो ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल