2026-10-29 12:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुल्मीको धुर्कोटमा बडादशै महोत्सव सुरु, राजेश हमाल आउँदै

प्रेम सुनार | असोज ११, गुल्मी | गुल्मीको धुर्कोट गाउँपालिकामा मंगलबारदेखि बडादशै महोत्सव २०७४ सुरु भएको छ । तीन दिनसम्म चल्ने महोत्सवको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले एक समारोहका विच उद्घाटन गरेका थिए ।  

‘धुर्कोटको शौन्दर्य हाम्रो शान, पर्यटन विकास हाम्रो अभियान ’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सवलाई सम्वोधन गर्दै गाउँपालिका प्रमुख पोखरेलले ऐतिहाँसिक धुर्कोटको पहिचान र यहाँको धार्मित तथा सांस्कृतिक पक्षलाई चिनाउनका लागि महोत्सवको आयोजना गरिएको बताए ।

उनले धुर्कोट गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने यहाँको सबै राजनैतिक दलले संकल्प गरेको र बनाएरै छाड्ने उद्घोष गरे । त्यस्तै उपप्रमुद शिवबहादुर खत्रीले केहि महत्पुर्णयहरु गरेर धुर्कोटको विकासमा लागिएको जानकारी दिएका थिए ।

महोत्सव स्थलमा विभिन्न प्रकारका पिङ, वालउद्यान , व्यपारिक स्टलहरु राखिएको छ ।  महोत्सवको आर्कणका रुपमा पाकिस्तानबाट मगाईएको उड प्रर्दर्शनी स्थलमा राखिएको छ । महोत्सवको पहिलो दिन आज चर्चित लोक गायक रामजी खाँड , मेरी वास्सैका कलकार प्रकाश कंडेल (गुलेली कान्छा ) , एशियार्कै होची महिला मञ्जु घिमिरे , कलकार रमेश कौशल , विशाल श्रेष्ठ , महेन्द्र भण्डारी र वालकलाकार संङ्गित पौड्यालको वेजोड प्रस्तुती रहेको  थियो ।

भोली अर्का चर्चित कलाकार कुलेन्द्र बिश्वकर्मा लगायतका कलाकारहरुको प्रस्तुती रहेने भएको छ । पर्सी समापनको दिन महानायक राजेश हमला लगायतको जमघट हुने भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता छन्दबहादुर पहराई , नेकपा एमालेका कृष्ण घिमिरे, माओवादी केन्द्रका  निमहादुर पाण्डे , वडा नम्वर ७ वाग्लाका वडाध्यक्ष हिमप्रसाद पन्थीले. सहभागी सवै वडाध्यक्षको तर्फबाट  मन्तव्य राखेका थिए  ।

गाविस पछि गाउँपालिका भएको गुल्मीमा महोत्सव गर्ने धुर्कोट गाउँपालिका पहिलो बनेको छ । देविस्थान युवा क्लव जैसीथोक र ह्याप्पी ईन्टरटेन्टमेण्ट काठमाण्डौले आयोजना गरेको महोत्सवको प्रवन्ध निर्देशक रहेका छन गायक तथा सञ्चारकर्मी मदन खनालले । 

त्यस्तै संयोजक गरेका छन अर्का कलाकार रामजी नेपालीले । खनालकै अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा  वडा नम्वर ४  जैसीथोकका वडाध्यक्ष मानहादुर कुँवरको स्वागत मन्तव्य  ईन्दिरा मावि धुर्कोटका शिक्षक कृष्णबहादुर केसीको सञ्चालन  रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ