२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्माण व्यवसायीको लापरवाहीले पुर्वाधार निर्माणको काम सुस्तः राज्यमन्त्री गुरुङ

२०७४, १२ आश्विन बिहीबार ०५:४३

प्रकाश धौलाकोटी | असोज १२, तेह्रथुम | भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले निर्माण व्यवसायी र कम्पनीको लापरवाहीको कारण पुर्वमा पुर्वाधार निर्माणको सुस्त भइरहेको बताउनुभएको छ । निर्माण व्यवसायी र कम्पनीकै कारण सरकार र मन्त्रालयको बद्नाम समेत हुने गरेको राज्यमन्त्री गुरुङले बताउनुभयो । 

गृहजिल्ला तेह्रथुमका सडक, पुल तथा अन्य योजनाहरुको अवस्थाबारे अवलोकन तथा अनुगमनका लागि आइपुग्नुभएकी राज्यमन्त्री गुरुङले तेह्रथुम जिल्लामा योजनाहरु र तिनका लागि आवश्यक बजेट पर्याप्त भएपनि ठेकेदार कम्पनीले समयमा काम नगर्दा समस्या आइरहेको बताउनुभयो । निर्माण व्यवसायीले क्षमता भन्दा धेरै योजना सम्झौता गर्ने र विभिन्न बाहना देखाउदै समयमा काम नगर्ने चलन देशभर मौलाएको प्रति चिन्ता व्यक्त गर्दै त्यसको निराकरणका लागि आफु निरन्तर प्रयासरत रहेको बताउनुभयो । 

वर्षामा क्षतिग्रस्त बनेका सडकहरुमा मर्मत र निर्माणका लागि जिम्मा लिएका ठेकेदार कम्पनी, व्यवसायी र भौतिक पुर्वाधार मन्त्रालय र मातहतका डिभिजन कार्यालयहरु मार्फत दशैँ, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गरी यथासिघ्र सवारी आवत् जावत्लाई सहज बनाउन निर्देशन दिएको बताउनुभयो । तेह्रथुममा ठेकेदारको लापरवाहीकै कारण दर्जनौँ योजनाहरु सुस्त गतिमा मात्रै काम भइरहेका छन् ।

जिल्लाको मेरुदण्डको रुपमा विकास भइरहेको मध्यपहाडी लोकमार्गको ट्रयाक ओपन भइसकेपनि स्तरोन्नति र कालोपत्रेको काम गर्ने कम्पनीले दु्रत गतिमा काम गर्न सकेको छैन । खोरुङगा र कोया खोलाको पुल निर्माणको काम पनि निर्माणको प्रक्रियामा छन् । तर तीब्र गतिमा काम हुन सकेको छैन । म्याङलुङ–बसन्तपुर सडक खण्डको स्तरोन्नतिको जिम्मा लिएको ठेकेदार कम्पनीले काम नगर्दा अहिलेपनि वर्षा हुनासाथ सवारी अवरुद्ध हुने अवस्था छ । 

सिधुवा–शुक्रबारे सडक स्तरोन्नतिको जिम्मा लिएको कम्पनीले पनि समयमा काम गर्न सकेको छैन । म्याङलुङ–ओख्रे सडक खण्डको लम्बु खोलामा पुल निर्माणको काम म्याद सकिएर तीन पटक म्याद थप्दा पनि काम सम्पन्न हुन सकेको छैन । म्याङलुङ–याशोक सडक खण्डको तमोर नदी लुमुघाटमा पनि पुल निर्माणको काम अलपत्र छ । 

जिल्लाका दर्जनौँ योजनाहरुमा ठेकेदार कम्पनीको लापरवाहीका कारण जिल्लाबासीले दुःख र सास्ती बेहोर्नु परेको भन्दै राज्यमन्त्री गुरुङले दुःख व्यक्त गर्नुभयो । जिल्लाको विकास निर्माणमा आफुले बढी भन्दा बढी चासो दिएर आफ्नो कार्यकालमा काम गर्दै आएको समेत राज्यमन्त्री गुरुङले स्मरण गर्नुभयो । गृहजिल्ला आइपुग्दा राज्यमन्त्री गुरुङलाई जिल्ला समन्वय समितिले सम्मान तथा स्वागत र बधाई समेत दिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले जिल्लाको पुर्वाधार निर्माणको कमजोर अवस्था हुनुमा निर्माण कम्पनीहरुकै कमजोरी भएको देखिएको स्पष्ट पार्नुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश