९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पाका दलले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार टुंगो लगाए

१७ आश्विन २०७४, मंगलवार १४:०४

असोज १७, रोल्पा । दशैँ सकिएलगत्तै रोल्पाका राजनीतिक दलहरु आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा लागेका छन् । 

प्रदेशसभाका लागि अन्तिम टुंगो लगाउन बाँकी रहेपनि प्रतिनिधिसभाका लागि भने नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) रोल्पाले उम्मेदवारको टुंगो लगाएको बताएका छन् । आइतबार र सोमबार तीन दलले रोल्पामा छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी केन्द्रीय प्रतिनिधिसभामा आ–आफ्ना दलको तर्फबाट उम्मेदवारी टुंग्याएको जानकारी दिएका हुन् । 

नेपाल प्रेस युनियन, रोल्पाले सोमबार अपराह्न आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सिँचाइ राज्यमन्त्री अमरसिं पुनले नेपाली काँग्रेसले केन्द्रीय प्रतिनिधिसभाको उम्मेदवारका लागि मंगलबारको बैठकबाट अन्तिम टुंगो लगाउने बताउनुभयो । 

यसैगरी, सोमबारै नेकपा (एमाले) रोल्पाको पार्टी कार्यालयमा प्रेस चौतारी नेपाल, रोल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले संसदीय दलका सचेतक गोकुलप्रसाद घर्तीले आफ्नो पार्टीको तर्फबाट केन्द्रीय प्रतिनिधिसभामा आफू उम्मेदवार हुने घुमाउरो जवाफ दिनुभएको थियो । 

उता प्रेस सेन्टर, रोल्पाले आइतबार लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले आफ्नो पार्टीको तर्फबाट केन्द्रीय प्रतिनिधिसभाका लागि आफू उम्मेदवार हुने घोषणा गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन