२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकतान्त्रिक मोर्चा गठन गर्न काँग्रेसको छलफल शुरु

२०७४, १८ आश्विन बुधबार १०:०४

असोज १८, काठमाडौँ (रासस) । नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बृहद् लोकतान्त्रिक मोर्चा गठन गर्ने सम्बन्धमा छलफल शुरु गरेको छ । 

काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा यस विषयमा छलफल भइरहेको नेता बिमलेन्द्र निधिले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्यको सहभागिता छ । 

लोकतान्त्रिक मोर्चा गठन गर्ने सम्बन्धमा राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम नेपाललगायत दलसँग आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक गरिनेसमेत उहाँले बताउनुभयो । 

दिउँसो २ बजे केही समयका लागि स्थगित गरिएको बैठक फेरि बस्ने जानकारी गराइएको छ । 

मंगलबार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टीबीच प्रदेश र संघीय संसद्मा चुनावी तालमेल गर्ने घोषणा भएपछि संसद्को ठूलो दल काँग्रेसले पनि लोकतान्त्रिक गठबन्धन गर्ने गरी छलफल शुरु गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से