2026-09-18 06:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

देवघाटको विद्युतीय शवदाह गृह सञ्चालनमा

काठमाडौँ | पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको शवदाह गृह सञ्चालनमा आएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण सम्पन्न गरी गत असोज २४ गते भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको गृह महानगरले सञ्चालनमा ल्याएको हो ।

महानगरपालिकाका विपद् शाखा प्रमुख बालकृष्ण थपलियाका अनुसार मंगलबारदेखि गृह सञ्चालनका लागि तयारी अवस्थामा छ । आज बिहानसम्म शव नआएकाले सञ्चालन भने हुन सकेको छैन । उहाँका अनुसार नौ जना कर्मचारी दुई चरणमा रहने गरी खटाइएको छ । एक इलेक्ट्रिसियन, चार नगर प्रहरी र चार सरसफाइकर्मी गृह सञ्चालनका लागि खटाइएको हो ।

महानगरपालिकाले शवदाहका लागि १६ जनालाई तालिम दिएको थियो । तीमध्येबाट नौ जना व्यवस्थापनमा जुटेका हुन् । थपलियाले शवदाह गृह सञ्चालनमा रहेको जानकारी भइनसकेकाले शव नआएको बताउनुभयो । उहाँका अनुसार आम नागरिकलाई जानकारी भएसँगै क्रमशः शव आउने छन् ।

एउटा शव दहनका लागि रु तीन हजार ५०० शुल्क लाग्नेछ । दाउराबाट शव दहन गर्नुभन्दा । झण्डै आधा सस्तो पर्ने गर्दछ । करिब ४५ मिनेटदेखि एक घण्टाभित्रमा शव दहन हुने भएकाले समयको समेत बचत हुने थपलिया बताउनुहुन्छ ।

वातावरण र सरसफाइमा समेत सहयोगी हुने उहाँको भनाइ छ । महानगरपालिकाले उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । महानगर प्रमुख रेनु दाहालले सहरी विकास मन्त्रालयसँग आग्रह गरी निर्माण गरिएको विद्युतीय शवदाह गृहमा शव दहन गरी वातावरण संरक्षणमा योगदान दिन सबैलाई आग्रह गर्नुभएको छ ।

सात वर्षअघि निर्माण थालिएको विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याइएको हो । विसं २०७५ माघ ३ गते निर्माण थालिएको शवदाह भवन पटकपटक मिति थप हुँदै निर्माण गरिएको हो । गृहमा दुई शवदाह गर्ने मेसिन जडान गरिएको छ । शव राख्नुपर्दा चार शव राख्न मिल्नेगरी ‘फ्रिज’ जडान गरिएको छ ।

वर्षातमा पानीको सतह माथि आएकाले भुइँतला खाली गरी माथिल्लो तलामा उपकरण जडान गरिएको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले विद्युतीय शवदाहले धेरै सहज हुने बताउनुभयो । उहाँका अनुसार सरदर हिसाब गर्दा दैनिक सात दशमलव पाँच शव देवघाट आउने गर्दछन् ।

ती शव अन्त्येष्टि गर्न अहिले एक महिनामा रु दुई लाख ५० हजारको दाउरा खरिद गर्नुपरेको छ । विद्युतीय शवदाह सञ्चालनसँगै दाउराको खपत घट्ने उहाँको भनाइ छ । वर्षातमा शव जलाउन कठिन हुने, दाउराको समस्या, समयको बचत सबै विषयले शवदाह धेरै प्रभावकारी हुने उहाँले बताउनुभयो । शहरी विकास कार्यालयले रु ११ करोड २१ लाख आठ हजार ६४१ मा शवदाह गृह निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई