Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम तालमेल: ‘व्यक्तिगत स्वार्थ नभए जनतालाई लाभ’

२०७४, २१ आश्विन शनिबार १०:०६

प्रकाश सिलवाल/असोज २१, काठमाडौँ । “विश्वका मजदुरहरु एक हौँ ।” प्राय: कम्युनिष्ट पार्टीका ब्यानर र प्रकाशनहरुमा नछुट्ने नारा हो । व्यवहारमा भने नेपाली कम्युनिष्ट पार्टीहरुले विभाजन र आरोप प्रत्यारोपमै समय बिताउँदै आएका छन् ।

आशन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुई ठूला वामपन्थी दलहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितको तालमेल र निर्वाचनपछि एकता गर्ने घोषणाले राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ । यो तालमेलले लोकतान्त्रिक दलहरुमा पनि ध्रुवीकरणको पहल शुरु भएको छ भने साना दलहरु कुनै न कुनै गठबन्धनमा जानैपर्ने निचोडमा पुगेका छन् । 

कम्युनिष्ट पार्टीका नाममा स्थापना भएका फरक फरक दल वा शक्तिले मजदुर वर्गको उत्थान र वैज्ञानिक समाजवादको लक्ष्यलाई केन्द्रित गर्दै आएपनि उनीहरु लक्ष्य पूर्तिमा सफल हुन सकेका छैनन् । 

संसदीय राजनीतिमा उनीहरुले पाएको जनमत जोड्ने हो भने सहज बहुमत सरहको भएपनि कार्यनीतिक, वैचारिक वा व्यक्तिगत टकरावका कारण फरक फरक वामपन्थी पार्टी स्थापित भएकाले उनीहरु लोकतान्त्रिक शक्तिको सहारा लिन विवश भएको अनुभूतिसहित एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच यही १७ गते तालमेल र एकतासम्बन्धी सहमति सार्वजनिक भएको थियो । मुलुकको समृद्धि र समाजतर्फको यात्राको लक्ष्यसहित घोषणा भएको सो सहमतिलाई वामपन्थी बुद्धिजीवी एवं केही प्राज्ञहरुले सकारात्मकरुपमा लिएका छन् । नेपालमा विसं. २००६ साल वैशाख ९ गते पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएपनि पछि विभिन्न समूहमा विभाजन भएको थियो । 

बरिष्ठ पत्रकार एवं छलफल साप्ताहिकका प्रधानसम्पादक गोपाल थपलिया भन्नुहुन्छ, “जनतालाई सुख, समृद्धि र प्रगतिको बाटोमा लानका लागि हामी पनि कम्युनिष्ट भएका हौँ । जनताको सेवा नै कम्युनिष्टको गन्तव्य हो । त्यस अर्थमा वाम एकताको प्रयास महत्वपूर्ण कदम हो ।” 

उहाँले एकताको नाममा आफ्नो स्वार्थ पूर्ति हुने र जनतालाई दुःख दिने काम भएमा जनतालाई पुनः धोका हुने भएकाले विगतको बलिदानलाई कदर गर्दै त्यागको भावना देखाउन सकेमा यो एकता दीगो भएर जाने बताउनुभयो । 

प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेल चुनावी तालमेल एकताको घोषणाले खुशी तुल्याएको बताउनुहुन्छ । “झट्ट सुन्दा एकाएक एकतामा सहमति भएको मानिए पनि यो एक वर्षअघि देखिकै प्रयास हो, जुन सकारात्मक छ ” उहाँले भन्नुभयो । 

एमालेले जनताको बहुदलीय जनवादका आधारित शान्तिपूर्ण राजनीतिको बाटोबाट समाजको रुपान्तरणको सिद्धान्त अँगालेको छ भने माओवादी केन्द्रले माओवाद अनुसार सशस्त्र संघर्ष हुँदै शान्तिवार्ता हुँदै संसदीय राजनीतिमा अवतरण गरेको छ । 

दूवै दल अन्ततः आपसी बहशबाट क्रान्तिको सिद्धान्तलाई नेपाली मौलिकताअनुसार विकास गर्दै जान सहमत भएका छन् । कतिपयले भने यो तालमेल एकतालाई केवल चुनाव जित्ने, सत्तामा जाने र आफ्नो दूनो सोझ्याउने अर्थमा पनि लिएका छन् । माओवादीबाटै फुटेर गएका र हाल निर्वाचनमा नआउने तयारी गरेका कम्युनिष्ट दलले आफूहरु सच्चा र क्रान्तिकारी कम्युनिष्ट पार्टी भएको दाबी गर्दै आएका छन् । 

साहित्यकार विमल निभा वैचारिक समानता भएकाले यी दल एक हुनु कुनै आश्चर्य नभएको बताउनुहुन्छ । “जनताको सेवाका लागि एक्लै भन्दा जुटेर लाग्दा सकारात्मक प्रभाव पर्छ भविष्यको किटानी भने अहिल्यै गर्नु तर्कसंगत हुँदैन ।” स्तम्भकार निभाले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै