२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा काँग्रेसले केन्द्र र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्यो (सुचिसहित)

२१ आश्विन २०७४, शनिबार १५:०७

असोज २१, दाङ । नेपाली काँग्रेसले केन्द्र र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिश गरेको छ । 

प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ दाङ निर्वाचन क्षेत्र नं. १ बाट केन्द्रीय सदस्य खुमबहादुर खड्का, पावर्ती डिसी चौधरी, सांसद सुशीला चौधरी, पूर्व सांसद कृष्णकिशोर घिमिरे र प्रदीप थापालाई सिफारिश गरेको काँग्रेस दाङले जनाएको छ । 

प्रदेशसभा अन्र्तगत क्षेत्र नं १ (क) मा प्रत्यक्षतर्फ कर्णबहादुर बुढाथोकी, जानकीलाल बस्नेत, कमलकिशोर घिमिरे, हरिहर शर्मा घिमिरे, मधु न्यौपाने र क्षेत्र नं १ (ख) प्रत्यक्षतर्फ भेषराज पाण्डे, प्रदीपराज शर्मा, नारायण बिसी र द्रोण भुसालको नाम सिफारिश भएको छ । 

त्यस्तै, क्षेत्र नं २ का लागि प्रतिनिधिसभा प्रत्यक्षका लागि राजु खनाल, अनिता देवकोटा, घनश्याम रेग्मीको नाम सिफारिश भएको छ । प्रदेशसभा सदस्य क्षेत्र नं २ (क) मा प्रत्यक्षतर्फ वीरकेशरी गौतम, खगराज पाण्डे, गिरिराज सुवेदी, गोपालराज शर्मा, कृष्णप्रसाद सुवेदी, मोहन घिमिरे र दामोदर केसीको नाम रहेको छ ।

क्षेत्र नं २ (ख) प्रत्यक्षतर्फ भरतबहादुर न्यौपाने, श्याम रेग्मी, दीपक पाण्डे, हरि रजौरिया र कुमुदराज शर्माको नाम सिफारिश भएको छ । 

त्यस्तै, दाङ क्षेत्र नं ३ प्रतिनिधिसभा प्रत्यक्षका लागि काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरी, बुद्धिराम भण्डारी र राजेन्द्र धितालको नाम सिफारिश भएको छ । 

प्रदेश सभाका लागि क्षेत्र नं ३ (क) मा प्रत्यक्षतर्फ कीर्तिबहादुर खड्का, शंकर गिरी, किरण शाह, सुरेश हमाल, प्रदीप खड्का र क्षेत्र नं ३ (ख) मा प्रत्यक्षतर्फ शंकर डाँगी, केशव आचार्य, जगतबहादुर खड्का, मदन रसिक, टीका घर्ती, चूडामणि ढकालको नाम सिफारिश भएको काँग्रेस दाङले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने