२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्पले टोके यसो गर्नुहोस, सर्पका टोकाईवाट देखिने लक्षणहरु यस्ता छन

२०७४, २२ आश्विन आईतवार ०६:३६

चिसाङ शेर्पा । खेतीपाती गर्ने शिलसिलामा सर्पले टोके अथवा डसेमा नआतिएर संयम भई सर्प चिन्ने कोशिष गर्नुपर्ने चिकित्सकहरुको भनाई छ । 

पहाडमा सिजन अनुसार देखा पर्ने सर्पले टोके तत्काल स्वास्थ्य चौकी जानु उपयुक्त हुने उनीहरुको भनाई हुन्छ । यता, जिल्ला अस्पताल खोटाङको रिपोर्ट अनुसार खोटाङमा हालसम्म विषालु सर्प नभेटिएको पाईएको छ । जिल्लामा साधारण विष निकाल्ने सर्पमात्र पाईएको जिल्ला अस्पताल खोटाङका स्वास्थ्य प्रमुख राम बहादुर केसीले बताउनुभयो । 

यद्यपी, ‘अहिलेसम्म विषालु सर्प नपाईए पनि पहाडी भेगमा तराईवाट सप्लाई गरिने पानीका पाईपहरुमा गोमन, करेतजस्ता सर्प आउँन सक्ने भएकाले सचेत हुन आग्रह गरे ।’ 

खोटाङमा सामान्य विष भएका ग्रीन स्नेक, पानी सर्प, हरेउजस्ता सर्प पाईन्छ । गतवर्ष जिल्ला अस्पतालमा सर्पका टोकाईका तीस जना उपचार गर्न आएका र सर्पका टोकाईवटा खोटाङमा अहिलेसम्म मानिसको मृत्यु नभएको डाक्टर केसीले जानकारी दिनुभयो । 

सर्पका टोकाईवाट हुने लक्षणहरु

१ सामान्य विष भएका ग्रीन स्नेक, पानी सर्प, हरेउले डसेमा, शरीरको टोकेका भाग दुख्ने, पोल्ने हल्का सुन्निने हुन्छ । 

२ विषालु विष भएका गोमन, करेतजस्ता सर्पले डसेमा दुई मुख्य लक्षण देखा पर्दछ । जुन शरीरका वाहिर भागमा नदेखिन सक्छ । न्युरो टक्सीस (नशा, सिधा मष्तिष्कमा असर र श्वासप्रश्वासमा वन्द) हेमाटो टक्सीस (रगतमा सिधा असर गरी विलिडिङ गराउँने तथा ब्लड सर्कल रोक्ने गर्दछ ।)

सामान्य विषवाला सर्पले टोके यसो गर्नुहोस 

सर्पले टोकेको भागमा हल्का सफा कपडाले वाँध्ने, ब्लेडले चिरेर टोकेको भागमा भएको विषयुतm रगत निकाल्ने, व्याण्डेज गरेर स्वास्थ्य चौकी गई स्वास्थ्यकर्मीको सल्लाहमा दुखाई कम गर्ने औषधी खानुपर्दछ । विषालु सर्पले टोकेमा कम्तीमा एक घण्टाभित्र उपचार गर्नुपर्ने, सो समयमा उपचार नपाए मानिसको मृत्यु हुने चिकित्सकहरुको भनाइ छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ