2026-11-25 12:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पुष्पा २’ ट्रेलर आज सार्वजनिक हुँदै: कहाँ र कति बजे हेर्न सकिन्छ?

काठमाडौँ | दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्दाना अभिनीत बहुप्रतीक्षित फिल्म ‘पुष्पा २: द रुल’ को ट्रेलर आज सार्वजनिक हुँदैछ। फिल्मका निर्माताले यो ट्रेलरलाई “शुद्ध मास सेलिब्रेशन” को रुपमा परिभाषित गरेका छन्।

कहाँ र कति बजे हेर्न सकिन्छ?
निर्माताहरुका अनुसार ट्रेलर भारतीय समयअनुसार बेलुका ६:०३ बजे अनलाइन रिलिज हुनेछ। यसअघि भारतीय समयअनुसार ५:०० बजे पटनाको ऐतिहासिक गान्धी मैदानमा भव्य कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रममा सहभागी दर्शकले ट्रेलर पहिलोपटक हेर्ने मौका पाउनेछन्।

अनलाइन रिलिजको लागि, विभिन्न भाषामा ट्रेलर निम्न च्यानलहरूमा उपलब्ध हुनेछ:

तेलुगु संस्करण: मिथ्री मुभीजको आधिकारिक युट्युब च्यानल
हिन्दी र बंगाली संस्करण: टी-सीरीज युट्युब च्यानल
तमिल संस्करण: एजीएस इन्टरटेन्मेन्टको युट्युब च्यानल

‘पुष्पा २’ को ट्रेलरको कुल अवधि २ मिनेट ४४ सेकेन्ड हुनेछ। यसमा एक्शन, ड्रामा, र ‘पुष्पा’ पात्रको शक्तिशाली उचाईलाई झल्काइने बताइएको छ। ट्रेलरलाई झनै रोमाञ्चक बनाउन संगीत, संवाद र दृश्यात्मक प्रभावलाई विशेष ध्यान दिइएको छ।

सुकुमार निर्देशित यो फिल्म २०२१ मा रिलिज भएको ‘पुष्पा: द राइज’ को दोस्रो भाग हो। पहिलो भागमा अल्लु अर्जुनले निभाएको ‘पुष्पा राज’ पात्रले दर्शकहरूको मन जितेको थियो। दोस्रो भागमा पुष्पाको सत्ता र चुनौतीहरूको कथालाई थप गहिराइमा लिएर जाने योजना छ।

फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दाना, फहद फासिल, जगपति बाबु, र प्रकाश राजलगायतका ठूला कलाकारको अभिनय रहेको छ।‘पुष्पा २’ को ट्रेलर लन्चसँगै निर्माता टिमले फिल्मको प्रचारलाई भव्य बनाउन योजना बनाएको छ। यस क्रममा मुख्य कलाकारहरूले फ्यानहरूसँग अन्तरक्रिया, अन्तर्वार्ता, र प्रि-रिलिज सेलिब्रेशनमा भाग लिनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जापान पठाउने प्रलोभनमा २ करोड ४५ लाख ठगी, एक जना पक्राउ लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्री शाहको आह्वान त्रिभुवन विमानस्थलमा दुई किलोभन्दा बढी सुनसहित दुई महिला पक्राउ दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सर्वोच्चमा सुनुवाइ सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ६ हजार ५०० रुपैयाँ घट्यो सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’ धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पामा दाउरा प्रहार गरी एक जनाको हत्या, आरोपित एक महिनापछि पक्राउ रूपान्तरणका नाममा एमाले विभाजित हुनु हुँदैन : महासचिव पोखरेल डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको तयारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सभापति गगन थापाले विशेष सम्बोधन गर्ने सुन र चाँदी दुवैको मूल्य बढ्यो, सुन दुई दिनमै ५ हजार ३०० रुपैयाँ महँगियो