2026-07-06 12:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेलाई भेट्न नपाएपछि कास्की प्रहरीविरुद्ध मानवअधिकार आयोगमा उजुरी

काठमाडौँ | कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न रोक लगाएपछि मानवअधिकार आयोगमा उजुरी परेको छ। पार्टीका नेता उत्तमप्रसाद पौडेलले पोखराको मानवअधिकार आयोगमा उजुरी दर्ता गर्दै प्रहरीको यो कदमप्रति आपत्ति जनाएका हुन्।

भेट्न रोक लगाइएको आरोप
पौडेलले उजुरीमा लेखेका छन्, ‘प्रहरीले बिहान ७ देखि ९ र अपराह्न ३ देखि ५ बजेसम्म हिरासतमा रहेका व्यक्तिलाई भेट्न समय छुट्याएको छ। म सोही समयमा सभापति लामिछानेलाई भेट्न पुगेको थिएँ। तर, प्रक्रियागत सबै काम पूरा गरेपछि पनि ड्युटीमा रहेका प्रहरीले माथिको आदेश भन्दै भेट्न दिएन, कारण सोध्दा कुनै जवाफसमेत दिएनन्।’

पौडेलले कास्की प्रहरी प्रमुखसहित केही प्रहरी अधिकारीलाई सचेत गराउन माग गरेका छन्। उनले भने, ‘प्रहरी उपरीक्षक श्याम ओलीया, प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्मा, र प्रहरी निरीक्षक अविनाश जिसीलाई सचेत गराइदिन आयोगसँग अनुरोध गर्दछु।’

उजुरीमा पौडेलले लामिछानेमाथि राज्यले गलत मनसायका साथ अनुसन्धान गरिरहेको र अभियोजनसमेत पूर्वाग्रहपूर्ण देखिएको दाबी गरेका छन्। उनले लेखेका छन्, ‘कानुनअनुसार अनुसन्धान र अभियोजन गरिनुपर्ने भए पनि सभापति लामिछानेको हकमा निर्दोष व्यक्तिलाई फसाउने प्रयास भइरहेको छ। यो मानवअधिकार उल्लंघन हो, जसप्रति आयोगले चासो देखाउनुपर्छ।’

रवि लामिछाने कात्तिक ३ गतेदेखि कास्की प्रहरी हिरासतमा छन्। यस प्रकरणलाई लिएर विभिन्न राजनीतिक तथा सामाजिक निकायले विरोध जनाउँदै आएका छन्। पौडेलको उजुरीले यस प्रकरणमा मानवअधिकार उल्लंघनको थप बहस निम्त्याएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै