2026-07-06 12:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाको दाबी- सहकारीबाट अपचलन भएको ८८ अर्ब मकै पोल्ने र जुत्ता पालिस गर्नेको होईन, राजनीतिक भ्रष्टाचारीको हो

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले सहकारी ठगी प्रकरणलाई लिएर प्रमुख दलहरूमाथि तीव्र आलोचना गरेका छन्। आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सहकारी ठगी छानबिन विशेष समितिले प्रतिवेदनमा औंल्याएको ८८ अर्ब रुपैयाँ हिनामिनामध्ये ८५ अर्ब राजनीतिक भ्रष्टाचारको पैसा रहेको दाबी गरे।

झाका अनुसार मकै पोल्ने र जुत्ता पालिस गर्ने सर्वसाधारणको नाममा इमोशनल ब्ल्याकमेल गर्दै ठूला दलहरूले सहकारीमा भएको हिनामिनालाई सामान्य बनाउन खोजेका छन्। उनले भने, ‘४० वटा सहकारीबाट ८७ अर्ब रुपैयाँ अपचलन भएको प्रतिवेदनले देखाउँछ। के सबै पैसा मकै पोल्ने र जुत्ता पालिस गर्नेको हो त? होइन, यो राजनीतिक भ्रष्टाचारको पैसा हो।’

झाले सहकारी ठगी प्रकरणमा पारदर्शिता ल्याउन सरकारले कडा कदम चाल्नुपर्ने सुझाव दिए। उनले एक अर्बभन्दा माथिको रकम सहकारीमा राख्दा स्रोत खुलाउनुपर्ने कानुनी व्यवस्था गर्न चुनौती दिँदै भने, ‘सहकारीमा स्रोत खुलाउनुपर्दैन, यही कारणले पुराना पार्टीहरूले ब्ल्याक मनी सहकारीमा राखेका छन्। हामी प्रस्ताव गर्छौं कि एक करोडभन्दा धेरैको स्रोत खुलाउन कानुनी व्यवस्था गरियोस्।’

झाले सहकारी ठगीमा थोरै मात्र रकम मकै पोल्ने र जुत्ता पालिस गर्ने जस्ता सर्वसाधारणको हुनसक्ने बताए। बाँकी ८५ अर्ब रुपैयाँ भने राजनीतिक भ्रष्टाचारबाट आएको स्पष्ट दाबी गरे।

हालै संसदीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनले ४० वटा सहकारीमार्फत ८७ अर्ब रुपैयाँ अपचलन भएको उल्लेख गरेको छ। यस प्रकरणले देशभरमा ठगीका घटना र सहकारीहरूको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।

मनिष झाले सहकारीलाई राजनीतिक दलहरूको कालो धनको अखडा बनाइएको आरोप लगाउँदै यसबारे कठोर कानुनी कदम चाल्नुपर्नेमा जोड दिए। उनले सर्वसाधारणको नाममा गरिने भावनात्मक ब्ल्याकमेल रोक्न आह्वान गर्दै सहकारी ठगी प्रकरणको निष्पक्ष छानबिनको माग गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै