१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ

१७ पुष २०८२, बिहीबार १६:३३

सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको दङ्गा राष्ट्रपति डोनाल्ड ट्रम्प बिना सम्भव नहुने पूर्व विशेष सल्लाहकार ज्याक स्मिथले कङ्ग्रेसलाई बताउनुभएको छ । उहाँले ट्रम्पलाई सन् २०२० को राष्ट्रपति चुनावको नतिजा उल्ट्याउने आपराधिक षड्यन्त्रमा ‘सबैभन्दा दोषी र सबैभन्दा जिम्मेवार व्यक्ति’ का रूपमा चित्रण गर्नुभयो ।

रिपब्लिकन नेतृत्वको हाउस जुडिसियरी कमिटीले बुधबार स्मिथले दिएको बन्द–ढोका अन्तर्वार्ताको प्रतिलिपि र भिडियो सार्वजनिक गरेको हो । सो अन्तर्वार्तामा स्मिथले ट्रम्पमाथि लगाइएका अभियोगहरूको आधार दृढतापूर्वक बचाउ गर्दै अनुसन्धान राजनीतिक प्रेरणाबाट गरिएको भन्ने आरोप अस्वीकार गर्नुभयो ।

“यहाँ रहेका प्रमाणहरूले राष्ट्रपति ट्रम्प नै यस षड्यन्त्रका मुख्य व्यक्ति भएको स्पष्ट देखाउँछन् । यी सबै काम उहाँको फाइदाका लागि गरिएको थियो । क्यापिटलमा भएको आक्रमण पनि उहाँ बिना सम्भव थिएन”, स्मिथले भन्नुभयो । उहाँले आफ्नो कार्यालयको काम कुनै पनि हालतमा राष्ट्रपति चुनावमा हस्तक्षेप गर्ने उद्देश्यले नभएको पनि स्पष्ट पार्नुभयो ।

डिसेम्बर १७ मा निजी रूपमा गरिएको उक्त बयान सार्वजनिक गवाहीका रूपमा दिन अनुरोध गरिए पनि बन्द ढोकामै सम्पन्न भएको थियो । विशेष सल्लाहकार पदबाट हटेपछि क्यापिटल हिलमा स्मिथको यो एकमात्र उपस्थिति हो । यसले न्याय मन्त्रालयका पछिल्ला दुई ठूला अनुसन्धानबारे सार्वजनिक बुझाइ थप स्पष्ट बनाएको छ ।

ट्रम्पमाथि २०२० को चुनाव उल्ट्याउने षड्यन्त्र र फ्लोरिडास्थित मार–ए–लागो निवासमा गोप्य कागजात अवैध रूपमा राखेको अभियोग लगाइएको थियो । तर २०२४ को चुनावमा ट्रम्प पुनः निर्वाचित भएपछि न्याय मन्त्रालयको नीतिका आधारमा दुवै मुद्दा खारेज गरिएको थियो ।

स्मिथले ट्रम्पविरुद्ध सङ्कलन गरिएका प्रमाणहरू सजाय दिलाउन पर्याप्त बलिया रहेको आफ्नो विश्वास दोहोर्‍याउनुभयो । उहाँका अनुसार जनवरी ६ सम्बन्धी मुद्दा ट्रम्पकै सहयोगी र समर्थक रिपब्लिकनहरूको गवाहीमा आधारित थियो, जसले पार्टीभन्दा माथि देशलाई प्राथमिकता दिएका थिए ।

क्यापिटल दङ्गाबारे बोल्दै स्मिथले भन्नुभयो, “प्रमाणहरूले देखाउँछन् कि राष्ट्रपति ट्रम्पले यस अवस्थाको कारण बनाउनुभयो, त्यसको पूर्वानुमान गर्न सक्नहुन्थ्यो र पछि त्यसको शोषण पनि गर्नुभयो ।” उहाँका अनुसार ट्रम्पले चुनाव चोरी भएको झूट फैलाउँदै समर्थकहरूलाई उत्तेजित पार्नुभयो, उनीहरूलाई क्यापिटलतर्फ मोड्नुभयो र हिंसा सुरु भएपछि रोक्न सक्रिय कदम चाल्न अस्वीकार गर्नुभयो ।

स्मिथले दङ्गाका क्रममा ट्रम्प र रिपब्लिकन सांसदहरूबीचको सम्पर्क पनि मुद्दाको महत्त्वपूर्ण हिस्सा भएको बताउनुभयो । फोन रेकर्ड सङ्कलन तथा विश्लेषण वैधानिक र कानूनअनुसार गरिएको भन्दै त्यसप्रति उठेको आक्रोश ट्रम्पतर्फ नै निर्देशित हुनुपर्ने उहाँको भनाइ थियो ।

स्मिथको बयानले जनवरी ६ को क्यापिटल दङ्गामा ट्रम्पको भूमिकालाई केन्द्रमा राख्दै त्यस घटनाको जिम्मेवारीबाट उहाँ अलग हुन नसक्ने सन्देश स्पष्ट रूपमा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका गोली लागेर एक जनाको मृत्यु भरुवा बन्दुकसहित पाँच जना पक्राउ सुनचाँदीको मूल्य घट्यो नयाँ वर्ष सन् २०२६ सुरु समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने सरकार सुशासन कायम गर्न र चुनावतर्फउन्मुखः प्रधानमन्त्री कार्की गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा