२२ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजामा गहिरिँदै मानवीय सङ्कट, दश लाखभन्दा बढीलाई आश्रयको खाँचो

१९ पुष २०८२, शनिबार १२:०५

संयुक्त राष्ट्रका महासचिवका प्रवक्ताको कार्यालयले शुक्रबार जनाएको अनुसार गाजामा अझै दश लाखभन्दा बढी मानिसलाई तत्काल आश्रय सहायता आवश्यक छ । यो सङ्ख्या गाजाको कुल जनसंख्याको करिब आधा हो ।

युद्धविरामपछि मानवीय सहयोगकर्ताले हजारौँ टेन्ट र सयौँ हजार तारपालिन तथा अन्य सामग्री वितरण गरे पनि आश्रयको आवश्यकता अझै कायम रहेको कार्यालयले जनाएको छ ।
संयुक्त राष्ट्र मानवीय मामिला समन्वय कार्यालय (ओचा) का अनुसार कठोर जाडोयामका कारण गाजामा धेरैजसो प्यालेस्टिनी परिवार वर्षा, हुरी र समुद्री छालले क्षतिग्रस्त अस्थायी टेन्टमा बस्न बाध्य छन् । यस अवस्थाले सबैभन्दा कमजोर परिवारहरू थप जोखिममा परेका छन् ।

यसैबीच, पानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा काम गरिरहेका संयुक्त राष्ट्रका साझेदारहरूले ठोस फोहोर व्यवस्थापनमा गम्भीर चुनौती सामना गरिरहेका छन् । ल्यान्डफिलसम्म पुग्न नसक्नु, क्षतिग्रस्त पूर्वाधार र इन्धन अभावका कारण सङ्कलन गरिएको र थुप्रिएको फोहोरबीचको अन्तर बढ्दै गएको छ ।
यद्यपि यी अवरोधबीच पनि संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) को सहयोगमा सञ्चालित टोलीहरूले युद्धविरामयता प्रत्येक महिना करिब एक हजार टन ठोस फोहोर हटाउँदै आएका छन्, जसले बालबालिका र उनीहरूका परिवारको स्वास्थ्य र कल्याण जोगाउन मद्दत पु¥याएको छ ।

संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) ले डिसेम्बरमा जारी गरेको प्रतिवेदनमा ठोस फोहोर व्यवस्थापन सबैभन्दा बढी प्रभावित सेवामध्ये एक भएको उल्लेख गर्दै सीमित अस्थायी फोहोर थुपार्ने स्थल मात्र सञ्चालनमा रहेको बताएको छ, जसले वातावरणीय तथा जनस्वास्थ्य जोखिम बढाएको छ ।
यसै साता जारी विज्ञप्तिमा संयुक्त राष्ट्रका विभिन्न निकाय र साझेदारहरू सम्मिलित अन्तर–एजेन्सी स्थायी समितिले इजरायली अधिकारीहरूलाई धेरै अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थामाथि प्रतिबन्ध लगाउने योजनाप्रति पुनर्विचार गर्न आग्रह गरेको छ । समितिले ती संस्थाहरू ओकुपाइड प्यालेस्टिनी क्षेत्रमा मानवीय सहयोग सञ्चालनका लागि अत्यन्तै महत्वपूर्ण रहेको जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल प्रतिनिधिसभा सदस्य निर्वाचनः एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस जापानमा ६.४ म्याग्निच्युडको भूकम्प सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार गोंगबुबाट लागुऔषधसहित दुईजना पक्राउ सहमतिका आधारमा केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी सुनचाँदीको मूल्य बढ्यो गोरखामा च्याउ खाँदा एकाघरका चार जना बिरामी वीरगञ्जमा कर्फ्यू आदेश आज दिउसो १ः०० बजेसम्म थप अण्डाको मूल्य घट्यो रास्वपाको बृहत् राजनीतिक समायोजन घोषणासभा टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण: राष्ट्रपति पौडेल युक्रेनले पुटिनको आवासमा ड्रोन आक्रमण गरेको प्रमाण छैन :ट्रम्प हत्यामा संलग्न भएको आरोपमा चार युवा पक्राउ नेप्से परिसूचक २८ अङ्ककले बढ्यो युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ ‘पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको स्थान हद फुकुवा’ मन्त्रिपरिषद् बैठकः जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराइने