२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युक्रेनले पुटिनको आवासमा ड्रोन आक्रमण गरेको प्रमाण छैन :ट्रम्प

२१ पुष २०८२, सोमबार १७:०६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आवासलाई लक्षित गरी ड्रोन आक्रमण नगरेको अमेरिकी अधिकारीहरूको निष्कर्ष रहेको बताउनुभएको छ । यसअघि क्रेमलिनले युक्रेनले पुटिनको आवास नजिक ड्रोन आक्रमण गरेको दाबी गर्नुभएको थियो ।

ट्रम्पका अनुसार पुटिनको आवास नजिक कुनै घटना भएको हुन सक्छ, तर सो आवास नै लक्षित गरिएको प्रमाण अमेरिकी पक्षले फेला पारेको छैन । उहाँले आवश्यक जाँचपछि यस्तो निष्कर्षमा पुगेको बताउनुभयो ।

यो आरोप युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ट्रम्पबीच युद्ध अन्त्यका लागि प्रस्तावित २० बुँदे योजनाबारे वार्ता भएको लगत्तै आएको थियो । जेलेन्स्कीले सुरुबाटै सो आरोप अस्वीकार गर्नुभएका थिए । युरोपेली अधिकारीहरूले पनि उक्त दाबी शान्ति प्रयासलाई कमजोर पार्ने रुसी प्रयास भएको बताएका छन् ।

ट्रम्पले युक्रेन युद्ध छिटो अन्त्य गर्ने प्रतिवद्धता जनाउँदै आउनुभएको छ, तर रुसी पक्षले आफ्ना मुख्य उद्देश्य पूरा नभएसम्म वार्तामा रुचि नदेखाएको सङ्केत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो