पढ्न करिब 6 मिनेट लाग्छ

प्रभात सुवेदी । असौज २५, बर्दिया ।

बर्दियाको सदरमुकाम गुलरियादेखि करिब १३ किलोमिटर पश्चिमको दूरीमा रहको मौलिक ग्रामीण बस्तीमा टिनले छाएको सानो कटेरो । अनि दुई जेष्ठहरुको मन्द मुस्कानले सजिएको सुन्दर यो सन्सार । बेग्लै आनन्द र उल्लासले भरिएका यी पलहरुका साथमा रमाउँदै जेष्ठ बुबा आफ्नो बुढ्यौलीपनाको अनुभूती नै नगरीकन नेपाली लोकबाजाहरुको तालमा यसरी रमाइरहुनभएको बडो लोभलाग्दो दृश्य ।

बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नं. ७ अन्तर्गत गंगाबस्ती तारातालमा विगत ३८ वर्षदेखि यसैगरी वहाँका दिनहरु वितिरहेका छन् । वि.सं. १९९६ सालमा तत्कालीन स्याङ्जा जिल्लाको दरौं सिरुवारीमा बुबा श्रीकृष्ण विश्वकर्मा र आमा आइतीश्रीका कोखबाट जन्मिनुभएका अहिमानसिंह विश्वकर्मा जन्मिँदै वहुमुखी प्रतिभाहरुका साथमा जन्मिनुभयो । बाल्यकाल अवस्थामा तत्कालीन समयमा सामाजिक सोच र जातिय विभेदका कारण आफूले अध्ययन गर्न समाजले नै वञ्चित गरेपनि वि.सं. २०१४ सालमा ३ महिनाको संस्कृत अध्ययन तथा स्वअध्ययनबाट हासिल गरेको ज्ञानले आज आफूलाई यहाँ सम्म ल्याएको कुरा बताउनुहुन्छ । आफूले सोचेका चाहनाहरु पूरा नहुँदा बाल्यकाल अधुरो रह्यो भन्नुहुन्छ वहाँ ।

तत्कालीन परिस्थिति र सामाजिक सोच अहिले जस्तो नभएकोले वहाँलाई निकै पश्चाताप पनि छ । जातिय भेदभाव र सामाजिक दृष्टिकोणका कारण आफूले औपचारिक अध्ययन गर्न नपाएकोमा निकै गुनासो छ वहाँको । तर, अहिलेको परिवर्तन देखेर भने वहाँ निकै खुशी हुनुहुन्छ । आफूले आर्जन गरेको ज्ञानका कारण अहिले भने गाउँघरमा मात्रै हैन पुजाआजा विवाह ब्रतवन्ध लगायतका धार्मिक कार्यहरु गराउनका लागि नवलपरासीदेखि पनि मानिसहरु लिन आएर गएको बताउनुहुन्छ । ब्राम्हण, क्षेत्रीहरुले नबोलाएपनि सामाजिक तथा धार्मिक कार्यहरुमा भने समान रुपले सहभागी हुन पाउँदा निकै खुशी लागेको वहाँको अनुभव रहेको छ । यस्ता कार्यक्रमहरुमा सहभागी हुन पाउँदा समाजले आत्मैदेखि नै स्वागत गर्दा वहाँको मन प्रफुल्ल भएको छ ।

अब पहिला जस्तो भेदभाव र जातिय विभेदप्रतिको सामाजिक दृष्टिकोणमा परिवर्तन आएकोले कसैले पनि नराम्रो दृष्टिकोण नराख्ने गरेको अहिमान सिंह विश्वकर्मा बताउनुहुन्छ । यसरी परिवर्तन हुनु प्रजातन्त्र, लोकतन्त्र र संघीय गणतन्त्रको उपलब्धी हो भन्न समेत पछि पर्नुहुँदैन वहाँ किनकी वहाँ २०५४ सालमा भएको स्थानीय निर्वाचनमा आफ्नो वडामा वडाअध्यक्ष पदमा विजयी भएर समाज सेवामा पनि आफूलाई समर्पित गर्नुभएको रहेछ ।

पहाडबाट वि.सं. २०१८ सालमा सपरिवार बसाईं सरेर आएपछि चितवनको माडी क्षेत्रमा रहेको रिउ खोलमा वि.सं. २०२२ सालमा बाढी आयो । फेरी वि.सं. २०३१ सालको बाढीले सखाप बनाएर खेतबारी बगाएपछि बाढी पीडित भएर अहिले बसोबास गरेको स्थानमा २०३६ सालमा तीनै भाई सहित बसाईं सरेर आउनुभयो । जसमध्ये दुई दाइ र भाउजुहरु स्वर्गे भैसक्नुभएको छ ।

बाजाहरु निर्माणको सम्बन्धमा पनि वहाँको गज्जपको कथा रहेछ । पहाडमै वहाँले यस क्षेत्रमा प्रेरणा पाउनुभएको रहेछ । जहाँ एक जना चित्रबहदुर गुरुङ नाम गरेका व्यक्तिले फुनबाजा, हार्मोनियम लगायतका बाजाहरु ल्याएर बजाएर भजनकीर्तनहरु गर्दा ती बाजाहहरु कसरी बज्ने रहेछ, यस्तो सुन्दर आवाज कसरी आउने रहेछ, ती बाजाहरुभित्र के हुन्छ ? एकपटक छुन सम्म पनि पाए हुन्थ्यो भन्दा भन्दै चितवन आउनुभयो । अचम्मको कुरा त के रहेछ भने वि.सं. २०२५÷०२६ सालतिर बिग्रेर फालेको माउथ हार्मोनियम (बच्छी बाजा) को पत्ती भएको लामो टुक्रो फेला पार्नुभएछ । त्यही टुक्राका पत्तीहरु हेरेर त्यसलाई अड्कल गरेर तीन महिनासम्म सिल्टे पिटेर छेड पारेर बनाउन लाग्दा श्रीमतीले यस्तोके गर्न लाग्नुभएको होला भन्दै बरु हार्मोनियम नै ल्याएर हेरेर बनाउन सल्लाह दिइन् । आखिर नभन्दै त्यस्तै नै भयो । मैले बाजा बनाउँदा मुख्य कुरामा नै ध्यान दिन सकिन र असफल भएँ तर पनि हिम्मत हारिन निरन्तर लागिरहेँ, वहाँ भन्नुहुन्छ ।

मैले स्वर दिनका लागि बनाउनुपर्ने पङ्खा बनाउन सकिनछु त्यसपछि मात्रै मेरो होस खुल्यो । सबै कुरा ठिक भयो त्यत्ति कुरा मिलेन । पछि गाउँकै एक व्यक्तिले आफ्नो ढोकामा किलाकब्जाहरु मिलाइदिनु र मसँग भएको हार्मोनियम लैजानु र यसबाट अर्को हार्मोनियम बनाउनु भनेपछि मैले त्यस हार्मोनियम हेरेर नै हार्मोनियम बनाउन सफलता प्राप्त गरेँ । वि.सं. २०२७ सालदेखि हार्मोनियम बनाउने बजाउने, गाउने, नाटकहरु निर्देशन गर्ने विभिन्न कार्यक्रमहरु गर्न थालेको अनुभव सुनाउनुहुन्छ ।

बर्दिया झरेपछि पछि पनि लोक बाजाहरुको निर्माणका साथसाथै समाज सेवामा पनि लाग्नुभयो । गाउँमा शिक्षाको ज्योति छर्नु पर्दछ आफूले पढ्न नपाएपनि अबका सन्ततीहरुलाई शिक्षाबाट बञ्चित गरिनु हुँदैन भन्दै विद्यालयको स्थापना गर्ने र विद्यालयको आर्थिक समृद्धिका लागि वहाँ अहोरात्र लाग्नुभयो । एक वर्ष सात दिन रात रातसम्म र अर्को वर्ष नौ दिन नौ रातसम्म देउसी भैलो खेलेर ३८ सय रुपैंया जम्मा गरी ३० डक्सबेन्चहरु, ४ थान टेबुल बनाएको स्मरण गर्नुहुन्छ यसैगरी २ वर्ष रामलीला गरेर कोषको वृद्धि गर्न लागि पर्नुभयो ।

आफैले हालसम्म २ ओटा बेन्जो, ४ ओटा गीतार, ४ सेट तबला, ६ ओटा हार्मोनियमहरु तथा दर्जनौं मादलहरु बनाइसक्नुभएका अहिमानले यस प्रकारका बाजाहरुको मर्मत सम्भारको भने लोखाजोखा नरहेको बताउनुहुन्छ । आफू जीवित रहुन्जेल यसरी बाजाहरु बनाउने तथा मर्मत गर्ने कार्यलाई निरन्तरता दिने बताउनुहुन्छ ।

यसका सथै वहाँको अर्को कौशलता भनेको मूर्तीकला तथा काष्ठकला पनि रहेको र हालसम्म विभिन्न देवी, देवता, सहिदहरुका मूर्ती निर्माण गर्नुका साथै, झ्याल ढोकाहरुमा टुँडालहरुमा बुट्टाहरु कुँद्ने काम गर्नुभएका वहाँद्वारा निर्माण गरिएका मूर्ती तथा काष्ठकलाहरु नेपालका सुदुर पश्चिम देखि पूर्वी भाग नवलपरासी चितवन सम्म पुगेका रहेछन् ।

प्रविधिको विकास र विगतलाई सम्झिँदा आफू अलि छिटो जन्मिएछ कि भन्ने कुरामा भने पछुतो मान्नुहुन्छ । आफूलाई श्रीमती छोराछोरीहरु, निकै टेवा दिएको र नातिनातिनी तथा पनातीपनातिनीहरुले हरुले समेत मेरो बाटो पछ्याइरहेकोमा निकै खुशी व्यक्त गर्नुहुन्छ ।

यस्ता बहुमुखी प्रतिभा र क्षमताले भरिएका शिल्पी प्रतिभा अहिमानसिंह विश्वकर्मा राज्यले पनि यस्ता मौलिक बाजा तथा कलाहरुको संरक्षका लागि पहल गर्नु पर्दछ र मैले गरेका कामरुको पनि राज्यबाट उचित मूल्याङ्कन भैदियोस् भन्ने वहाँको गुनासो रहेको छ ।

यस्ता बहुमुखी र ओझेलमा परेका प्रतिभावान कलाकर्मी अहिमानसिंह विश्वकर्मालाइ राज्यले उचित सम्मान दिनु पर्दछ । वहाँजस्तै धरोहरहरुमा भएको अपार ज्ञान र क्षमता वहाँहरुको अवसान सँगै लोप हुन नदिई सदा वर्तमान बनाउनका लागि अबका नयाँ पुस्ताहरुमा हस्तान्तरण जरुरी देखिन्छ ।

साझा सबाल परिवार वहाँको सुस्वाथ्य, दीर्घायू र निरन्तर यस क्षेत्रमा समर्पणको लागि कामना ।

हेर्नुहोस् भिडियो …

भाग २ भिडियो हेर्नुहोस् :