२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा

२०८२, १ माघ बुधबार १३:१०

चीनको व्यापार अधिशेष सन् २०२५ मा करिब १२ खर्ब अमेरिकी डलरको ऐतिहासिक रेकर्डमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । बुधबार सार्वजनिक गरिएको विवरणअनुसार संयुक्त राज्य अमेरिकामा निर्यात सुस्त भए पनि अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा निर्यात विस्तार हुँदा समग्र अधिशेष उल्लेखनीय रूपमा बढेको हो ।

चिनियाँ भन्सार प्रशासनका अनुसार सन् २०२५ मा चीनको कुल निर्यात ५.५ प्रतिशतले बढेर ३७ खर्ब ७० अर्ब डलर पुगेको छ । यस अवधिमा आयात भने घटेर २५ खर्ब ८० अर्ब डलरमा सीमित रह्यो । यसअघिको वर्ष सन् २०२४ मा चीनको व्यापार अधिशेष नौ खर्ब ९२ अर्ब डलरभन्दा केही बढी थियो ।

डिसेम्बर महिनामा चीनको निर्यात डलरको आधारमा अघिल्लो वर्षको तुलनामा ६.६ प्रतिशतले वृद्धि भएको देखिएको छ, जुन अर्थशास्त्रीहरूको अनुमानभन्दा राम्रो र नोभेम्बरको ५.९ प्रतिशतको वार्षिक वृद्धिदरभन्दा उच्च हो । सोही महिनामा आयात पनि उल्लेख्य रूपमा बढ्दै नोभेम्बरको १.९ प्रतिशतको तुलनामा ५.७ प्रतिशतले वृद्धि भएको छ ।

चीनको व्यापार अधिशेषले नोभेम्बरमै पहिलो पटक १० खर्ब डलरको सीमालाई पार गरेको थियो । गत वर्षको पहिलो ११ महिनामै व्यापार अधिशेष १० खर्ब ८० अर्ब डलर पुगेको तथ्याङ्कले देखाउँछ ।

व्यापारिक घर्षण र भूराजनीतिक तनावका बाबजुद पनि सन् २०२६ मा निर्यातले चीनको अर्थतन्त्रलाई टेवा दिइरहने अर्थशास्त्रीहरूको अनुमान छ । बिएनपी परिबासकी प्रमुख चिनियाँ अर्थशास्त्री ज्याकलिन रोङले सन् २०२६ मा पनि निर्यातले आर्थिक वृद्धिको प्रमुख चालकको भूमिका खेल्ने अपेक्षा कायमै रहेको बताउनुभएको छ ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा फर्किएपछि चीन र संयुक्त राज्यबीचको व्यापार युद्ध चर्किँदै जाँदा अमेरिकी बजारतर्फ चीनको निर्यात गत वर्षको अधिकांश समय घट्दो रह्यो । सन् २०२५ मा अमेरिका तर्फको निर्यात करिब २० प्रतिशतले घटेको देखिन्छ । यद्यपि दक्षिण अमेरिका, दक्षिणपूर्वी एसिया, अफ्रिका र युरोपका अन्य बजारमा निर्यात विस्तार हुँदा उक्त गिरावट धेरै हदसम्म सन्तुलनमा आएको छ ।

आँकडाअनुसार सन् २०२५ मा अफ्रिकातर्फ चीनको निर्यात २६ प्रतिशतले बढेको छ । दक्षिणपूर्वी एसियाली देशहरूमा १३ प्रतिशत, युरोपेली सङ्घ (इयु) मा ८ प्रतिशत र ल्याटिन अमेरिकामा ७ प्रतिशतले निर्यात वृद्धि भएको छ ।

विश्लेषकहरूका अनुसार कम्प्युटर चिप्स, विद्युतीय उपकरणहरू तथा ती उत्पादनमा प्रयोग हुने सामग्रीहरूको बलियो विश्वव्यापी मागले चीनको निर्यातलाई समर्थन गरेको छ । यसका साथै गत वर्ष चीनको कार निर्यातमा पनि उल्लेख्य वृद्धि देखिएको थियो ।

बलियो निर्यात प्रदर्शनले चीनको अर्थतन्त्रलाई वार्षिक करिब ५ प्रतिशतको आधिकारिक वृद्धिदर लक्ष्य नजिक पु¥याउन मद्दत गरेको छ । तर सस्तो चिनियाँ वस्तुहरूको बाढीले स्थानीय उद्योगहरूलाई असर गर्न सक्ने चिन्ताका कारण केही मुलुकहरूमा चेतावनी र चासो पनि बढेको छ ।

चिनियाँ भन्सार प्रशासनका उपमन्त्री वाङ जुनले सन् २०२६ मा चीनले ‘गम्भीर र जटिल’ बाह्य व्यापार वातावरणको सामना गरिरहेको बताउनुभयो । तथापि उहाँले चीनको विदेशी व्यापारका आधारभूत संरचना अझै बलियो रहेको स्पष्ट पार्नुभयो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुखले गत महिना चीनलाई आर्थिक असन्तुलन समाधान गर्न, घरेलु माग र लगानीलाई प्रोत्साहन गर्दै निर्यातमा अत्यधिक निर्भरताबाट बाहिर निस्कन सुधारको गति तीव्र बनाउन आग्रह गर्नुभएको थियो ।

चीनमा लामो समयदेखि चलिरहेको रियल स्टेट क्षेत्रको मन्दीले उपभोक्ताको विश्वास र घरेलु मागलाई अझै प्रभावित गरिरहेको छ । अत्यधिक ऋण लिँदा धेरै डेभलपरहरू डिफल्टमा गएपछि यस क्षेत्रको समस्या गहिरिएको हो ।

चिनियाँ नेताहरूले उपभोक्ता र व्यवसायको खर्च वृद्धि आर्थिक नीतिको केन्द्रमा राखेका छन् । पछिल्ला महिनाहरूमा सरकारले ट्रेड–इन अनुदान कार्यक्रम ल्याएर उपभोक्तालाई नयाँ, ऊर्जा–कुशल घरेलु उपकरण र सवारी साधन खरिद गरी पुराना मोडेल प्रतिस्थापन गर्न प्रोत्साहन गरेको छ । तर यी उपायहरूको प्रभाव अहिलेसम्म सीमित देखिएको छ ।

बिएनपी परिबासकी रोङका अनुसार घरेलु मागको वृद्धि सन् २०२६ मा पनि सुस्त नै रहने सम्भावना छ । उहाँले विशेषगरी उपभोक्ता वस्तुहरूका लागि वित्तीय अनुदान कार्यक्रमहरू गत वर्षको तुलनामा कमजोर देखिएको उल्लेख गर्नुभयो ।

फ्रान्सेली लगानी बैंक नाटिक्सिसका वरिष्ठ अर्थशास्त्री ग्यारी एनजीले सन् २०२६ मा चीनको निर्यात करिब ३ प्रतिशतले मात्र बढ्ने अनुमान गर्नुभएको छ । यो सन् २०२५ को ५.५ प्रतिशतभन्दा कम हो । आयात वृद्धिदर सुस्त रहने सम्भावनासँगै चीनको व्यापार अधिशेष यस वर्ष पनि १० खर्ब डलरभन्दा माथि रहने उहाँको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो