असोज २६, काठमाडौँ | सरकारले प्रदेशगत रुपमा पिछडिएको क्षेत्र तोकेको छ, जसमा ५७ स्थानीय तह परेका छन् ।
प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७४ अनुसार हरेक प्रदेशको समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदा पिछडिएको क्षेत्रलाई जनसंख्याका आधारमा समेट्नुपर्छ ।
साथै दलहरुले पाएको सिटमा महिला, समावेशी समूहसँगै अल्पसंख्यक तथा पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गराउनुपर्छ । आयोगले सिट घोषणा गर्दा नै यसको संख्या तोकिनेछ ।
हरेक प्रदेशमा अल्पसंख्यक तथा पिछडिएको क्षेत्रको जनसंख्याको प्रतिशत फरक-फरक छ । प्रदेश १ र २ मा अल्पसंख्यकको जनसंख्या धेरै छ भने पिछडिएको क्षेत्र थोरै छ । तर, प्रदेश ६ र ७ मा पिछडिएको क्षेत्र धेरै छ भने अल्पसंख्यक कम छन् ।
कुन कुन हुन् पिछडिएको स्थानीय तहहरु ?
सरकारले देशभरका ५७ स्थानीय तहलाई पिछडिएको क्षेत्र घोषणा गरेको छ ।
१. संखुवासभा – भोटेखोला गाउँपालिका
२. पाँचथर – तुम्वेवा गाउँपालिका
३. सर्लाही – धनकौल गाउँपालिका
४. सर्लाही – बसबरिया गाउँपालिका
५. सर्लाही – बिष्णु गाउँपालिका
६. रौतहट – राजपुर नगरपालिका
७. सिन्धुली – हरीहरपुरगढी गाउँपालिका
८. सिन्धुली – मरिण गाउँपालिका
९. मुस्ताङ – लोमान्थाङ गाउँपालिका
१०. बाँके – तरैनापुर गाउँपालिका
यस स्थानीय तहमा ३० वटा स्थानीय तह सबैभन्दा पिछडिएको क्षेत्रको सुचिमा परेका छन् ।
११. डोल्पा – डोल्पो बुद्ध गाउँपालिका
१२. डोल्पा – शे – फोक्सुण्डो गाउँपालिका
१३. डोल्पा – छार्का ताङसोङ गाउँपालिका
१४. दैलेख – भैरवी गाउँपालिका
१५. कालिकोट – माहाबै गाउँपालिका
१६. जाजरकोट – जुनिचांदे गाउँपालिका
१७. जाजरकोट – बारेकोट गाउँपालिका
१८. दैलेख – चामुण्डा बिन्दासैनी नगरपालिका
१९. मुगु – मुगु कोमरोंग गाउँपालिका
२०. हुम्ला – सार्केगाढ गाउँपालिका
२१. सल्यान – दार्मा गाउँपालिका
२२. हुम्ला – चर्खेली गाउँपालिका
२३. कालिकोट – पलाता गाउँपालिका
२४. सल्यान – कुमाख्रमालिका गाउँपालिका
२५. कालिकोट – नरहरीनाथ नगरपालिका
२६. हुम्ला – अदानचुली गाउँपालिका
२७. दैलेख – आठबिस नगरपालिका
२८. दैलेख – ठाटीकाँध गाउँपालिका
२९. हुम्ला – ताजाकोट गाउँपालिका
३०. जाजरकोट – कुसे गाउँपालिका
३१. सुर्खेत – चौकुने गाउँपालिका
३२. जाजरकोट – शिवालय गाउँपालिका
३३. सल्यान – बनगाड कुपिन्ड़े नगरपालिका
३४. जाजरकोट – छेडागाड नगरपालिका
३५. दैलेख – दुल्लु नगरपालिका
३६. रुकुम – पुथा उत्तरगङ्गा गाउँपालिका
३७. सुर्खेत – बराहताल गाउँपालिका
३८. सल्यान – कालिमाटी गाउँपालिका
३९. डोल्पा – मुड्केचुला गाउँपालिका
४०. कालिकोट – कालिका गाउँपालिका
प्रदेश ७
यो प्रदेश अन्तर्गत १७ वटा स्थानीय तह पिछडिएको क्षेत्रमा परेका छन् ।
४१. बझांग – काँडा गाउँपालिका
४२. अछाम – कमलबजार गाउँपालिका
४३. अछाम – ढकारी गाउँपालिका
४४. बझांग – यीत्थङचिर गाउँपालिका
४५. बाजुरा – हिमाली गाउँपालिका
४६. अछाम – तुर्माखांद गाउँपालिका
४७. बझांग – सुरमा गाउँपालिका
४८. बझांग – केदारस्यु गाउँपालिका
४९. कैलाली – मोहन्याल गाउँपालिका
५०. बझांग – बुंगल नगरपालिका
५१. बैतडी – शिवनाथ गाउँपालिका
५२. बाजुरा – स्वामीकार्तिक गाउँपालिका
५३. डोटी – आदर्श गाउँपालिका
५४. डोटी – पूर्वीचौकी गाउँपालिका
५५. बझांग – दुर्गाथाली गाउँपालिका
५६. अछाम – पंचदेवल विनाव नगरपालिका
५७. अछाम – चौरपाटी गाउँपालिका