Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ शक्ति वाम गठवन्धनबाट बाहिरियो

२०७४, २७ आश्विन शुक्रबार १६:००

असोज २७, काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल वाम गठवन्धनबाट बाहिरिएको छ । बाम गठबन्धनमा कुरा नमिलेपछि बाहिरिएको नयाँ शक्तिले आफ्नै चुनाव चिहृन आँखा लिएर निर्वाचन लड्ने निर्णय समेत गरेको छ ।

एमाले र माओवादीबीच भएको चुनावी तालमेलसँगै एकतामा नयाँ शक्ति पनि समाहित भएको थियो । बिशेषगरि गोरखा २ बाट माओवादीले नछाड्ने भएपछी नयाँ शक्तिले औपचारिक रुपमै गठबन्धन छाड्ने निर्णय लिएको हो ।

गोरखाबाट माओवादी नेता नारायणकाजी श्रेष्ठ चुनाव लड्ने तयारीमा छन् । बैठकपछि जारी विज्ञप्तिमा गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपालले आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने  उल्लेख गरिएको छ ।

वाम गठवन्धनबाट बाहिरिँदै नयाँ शक्तिले उम्मेदवारहरू समेत घोषणा गरेको छ । बैठकले संयोजक डा. बाबुराम भट्टराई गोरखा २ बाट चुनाव लड्ने निर्णय गरेको छ । त्यस्तै कैलाली ३ मा कृष्णकुमार चौधरी र कपिलवस्तु १ मा दानबहादुर चौधरी, रसुवामा प्रेम तामाङ र खोटाङमा मदन राईलाई उम्मेदार घोषणा गरेको छ ।

नयाँ शक्तिले संविधानको आधारभूत अन्तरबस्तु (गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता)लाई अस्वीकार गर्ने राजनीतिक पार्टी र व्यक्तिबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने निर्णय समेत गरेको छ ।

नयाँ शक्तिले आँखा चुनाव चिन्ह लिएर लडेपनि आफ्नो पार्टीले उम्मेदवारी दिएका ठाउँमा एमाले र माओवादीले उम्मेदवार नदिए तालमेल हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ