प्रेम सुनार | असोज २८, गुल्मी | आज भन्दा २५ वर्ष अघि २५ जनाले जनही एक रुपैयाँबाट सुरु गरेको गुल्मीको एक सहकारी संस्था अहिले  वार्षिक झण्डै ५०  करो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | असोज २८, गुल्मी | आज भन्दा २५ वर्ष अघि २५ जनाले जनही एक रुपैयाँबाट सुरु गरेको गुल्मीको एक सहकारी संस्था अहिले  वार्षिक झण्डै ५०  करो"/>

2026-10-29 12:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२५ रुपैयाँबाट सुरु सहकारीको कारोवार अहिले ५० करोड


प्रेम सुनार | असोज २८, गुल्मी | आज भन्दा २५ वर्ष अघि २५ जनाले जनही एक रुपैयाँबाट सुरु गरेको गुल्मीको एक सहकारी संस्था अहिले  वार्षिक झण्डै ५०  करोड सम्मको कारोवार गर्न सक्ने भएको छ ।  रेसुङ्गा नगरपालिका वडा नम्वर १  स्थित लेकाली स्वावलम्वन वचत तथा ऋण सहकारी संस्था जनही एक रुपैयाँबाट संकलन  भई अहिले यस्तो करोडौंको अवस्थामा आई पुगेको हो ।

सो संस्थाको शनिवार सदरमुकाम तम्घासमा २५ औं वार्षिकोत्सव तथा ८ औं अधिवेशन गरिरहँदा सो संस्थाले यस आर्थिक वर्षमा ४७ करोड ७६ लाख २४ हजार ५  सय ८९ रुपैयाँको कारोवार गरेको छ । सो संस्थाका कोषाध्यक्ष गण्ेश श्रेष्ठले पेश गरेको कोषाध्यक्षको प्रतिवेदनमा गत आर्थिक वर्षमा उक्त कारोवार भएको उल्लेख गरिएको हो । उनको प्रतेवदन अनुसार गत एक वर्षमा मात्र १९ सय ९२ जना सदस्यहरुकोट वचत ३ करोड ४५ लाख ७९ हजार ५ सय रुपैयाँ बचत भएको छ । त्यस्तै विभिन्न प्रकारका वचत शिर्षकमा २४ करोड ६८ लाख ३ हजार ३ सय २३ रुपैयाँ रहेको छ ।

 जगेडा कोषमा ७० लाख ७१ हजार ३ सय १७ सहित १ करोड ७८ लाख ८० हजार ६ सय ७२ रुपैया रहेको छ  । २०७३÷०७४ मा व्याज आम्दानी र सञ्चालन आम्दानीबाट ३ करोड ४७ लाख १० हजार १ सय २७ रुपैयाँ  रहेको उल्लेख छ  । त्यस्तै सञ्चालन र व्याज खर्चमा ३ कारोड ७ लाख ५६ हजार ४ सय ८६ रुपैया भएको छ । संस्थाले ४४ करोड ४१ लाख ७८ हजार ७ सय रुपैयाँ ऋण लगानी गरेको छ भने त्यस मध्ये ३७ करोड २० लाख १ हजार ३ सय २५ रुपैयाँ असुली गरेको छ  । गत आर्थिक वर्षमा ३० करोड ८ लाख ३१ हजार ७ सय ५३ सम्पत्ती तथा दायित्व रकम उल्लेख छ ।

 संस्थाका सचिव भुवन अर्यालका अनुसार संस्थामा सदस्यहरु वृहत बनाउने  उद्देश्यका साथ गत वर्ष सम्म  ४ हजार ५ सय सदस्यता लिदा तिर्नु पर्नेमा अव जम्मा एक हजार रुपैयाँ तिरेर सदस्यता लिन पाईने नियम बनाईएको छ । उनका अनुसार संस्थामा शेयर सदस्य १९९२ जना वालवचतकर्ता ८ सय ७८ जना सहित कुल २८ सय ७९ जना सहभागी छन् ।  संस्थाले सहुलियत व्याजदरमा निम्न आय भएका सदस्यहरुलाई विभिन्न व्यवसाय गर्न ऋण लगानी गर्दैछ ।

यसबाट  कैयौं विपन्न र वेरोजगारहरुको जिवन स्तरमा सुधार आएको छ ।   वृद्ध वृद्धा , वालवालिका , मृत्यु वा दुर्घटनामा परेका सदस्यहरुलाई कल्याणकारी कोषको व्यस्था गरेको छ । संस्थाका अध्यक्ष गोपालप्रसाद पन्थीले  उक्त सहकारी  अघिल्लो वर्ष समेत देशकै उत्कृष्ट सहकारी संस्थाका रुपमा सम्मानित भएको छ । देशकै उत्कृष्ट सहकारी संस्थाका रुपमा राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित उक्त सहकारी संस्था वैंकिङ सुविधा सम्पन्न कार्यालय व्यवस्थापन गरेर तम्घासको क्यामपस रोडमा रहेको छ । अध्यक्ष पन्थीले जिल्लाभरकै सहकारी संस्थालाई  भविश्यमा   यसैमा आवद्ध गर्ने उद्देश्य लिईएको बताए । 

२५ वर्ष अघि एक–एक रुपैयाँ उठाएर २५ जनाको समुह बनाउने संस्थापक सचिव मुकुन्दहरी गौतमले उति वेला सहकारी भन्ने कुरा थाह नभएको  बताए ।   ६८ वर्षिय संस्थापक अध्यक्ष  रमेश थापाले उति वेला तम्घास वजारका साहुहरुले  गरिव किशानहरुलाई सय कटा ५ देखि १० सम्मको व्याज त्यस माथी ठेकी काट्ने चलन त्यसवाट घरबास नै उठ्ने देखे पछि समुह खोलेर रकम  वचत गर्न थालिएको बताए ।

कैयौ ऋण लिएका मान्छे उठीवास लागेका थिए , कैयौंलाई खुल्ला बजारमा लछार पछार समेत गर्दथे  व्याजमा लगाउने साहुहरुको ज्यादती सहन नसकेरै समुह बनाएर रकम संकलन गरियो र त्यसबाट संकलन भएको रकमले भै परी आउने सदस्यहरुलाई ऋण प्रवाह गर्न थालिएको हो , उनले भने दुई वर्ष सम्म मासिक एक रुपैयाँका दरले संकलन गरिए पनि पछि क्रमशः बृद्धि गर्दै लगिएको हो ।

हामीलाई सहकारी भन्ने त्यति वेला थाह थिएन उनले स्मरण गर्र्दै भने तर एक जना क्यानाडातिरका विदेश आएर यसो गरे समुदायलाई निकै फाईदा हुने सुझाव दिएका थिए ।   जिल्लाका सहकारी संस्थाहरुको छाता संगठन जिल्ला सहकारी संघका अध्यक्ष यमबहादुर थापाले उक्त सहकारी संस्था जिल्लाको उत्कृष्ट र सवै भन्दा बढि कारोवार गर्ने संस्थाका रुपमा रहेको बताए ।

उनको प्रमुख आतित्यतामा सम्पन्न उद्घाटन सत्रमा अन्य विभिन्न सहकारी संस्थाका प्रमुख , प्रतिनिधीहरुको विशोष आतिथ्यता रहेको थियो ।  कार्यक्रममा उत्कृष्ट व्यवसायी , लगानीकर्ता, बृद्ध बृद्धा ,  परिक्षमा उत्कृष्ट हुने शेयर सदस्यका सन्तती र स्थानिय तहको निर्वाचनमा निर्वाचन हुने शेयर सदस्यहरुलाई सम्मान समेत गरिएको थियोा । उद्घाटन सत्र सकिए लगत्तै बन्द सत्र चलिरहेको छ । बन्द सत्रले नयाँ कार्य समिति चयन गर्ने जनाईएको छ ।  संस्थाका अध्यक्ष गोपालप्रसाद पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोपालप्रसाद पाण्डेको स्वागत मन्तव्य र सचिव भुवनप्रसाद अर्यालयको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ