प्रेम सुनार | असोज २८, गुल्मी | आज भन्दा २५ वर्ष अघि २५ जनाले जनही एक रुपैयाँबाट सुरु गरेको गुल्मीको एक सहकारी संस्था अहिले  वार्षिक झण्डै ५०  करो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | असोज २८, गुल्मी | आज भन्दा २५ वर्ष अघि २५ जनाले जनही एक रुपैयाँबाट सुरु गरेको गुल्मीको एक सहकारी संस्था अहिले  वार्षिक झण्डै ५०  करो"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२५ रुपैयाँबाट सुरु सहकारीको कारोवार अहिले ५० करोड

२०७४, २८ आश्विन शनिबार १३:४१


प्रेम सुनार | असोज २८, गुल्मी | आज भन्दा २५ वर्ष अघि २५ जनाले जनही एक रुपैयाँबाट सुरु गरेको गुल्मीको एक सहकारी संस्था अहिले  वार्षिक झण्डै ५०  करोड सम्मको कारोवार गर्न सक्ने भएको छ ।  रेसुङ्गा नगरपालिका वडा नम्वर १  स्थित लेकाली स्वावलम्वन वचत तथा ऋण सहकारी संस्था जनही एक रुपैयाँबाट संकलन  भई अहिले यस्तो करोडौंको अवस्थामा आई पुगेको हो ।

सो संस्थाको शनिवार सदरमुकाम तम्घासमा २५ औं वार्षिकोत्सव तथा ८ औं अधिवेशन गरिरहँदा सो संस्थाले यस आर्थिक वर्षमा ४७ करोड ७६ लाख २४ हजार ५  सय ८९ रुपैयाँको कारोवार गरेको छ । सो संस्थाका कोषाध्यक्ष गण्ेश श्रेष्ठले पेश गरेको कोषाध्यक्षको प्रतिवेदनमा गत आर्थिक वर्षमा उक्त कारोवार भएको उल्लेख गरिएको हो । उनको प्रतेवदन अनुसार गत एक वर्षमा मात्र १९ सय ९२ जना सदस्यहरुकोट वचत ३ करोड ४५ लाख ७९ हजार ५ सय रुपैयाँ बचत भएको छ । त्यस्तै विभिन्न प्रकारका वचत शिर्षकमा २४ करोड ६८ लाख ३ हजार ३ सय २३ रुपैयाँ रहेको छ ।

 जगेडा कोषमा ७० लाख ७१ हजार ३ सय १७ सहित १ करोड ७८ लाख ८० हजार ६ सय ७२ रुपैया रहेको छ  । २०७३÷०७४ मा व्याज आम्दानी र सञ्चालन आम्दानीबाट ३ करोड ४७ लाख १० हजार १ सय २७ रुपैयाँ  रहेको उल्लेख छ  । त्यस्तै सञ्चालन र व्याज खर्चमा ३ कारोड ७ लाख ५६ हजार ४ सय ८६ रुपैया भएको छ । संस्थाले ४४ करोड ४१ लाख ७८ हजार ७ सय रुपैयाँ ऋण लगानी गरेको छ भने त्यस मध्ये ३७ करोड २० लाख १ हजार ३ सय २५ रुपैयाँ असुली गरेको छ  । गत आर्थिक वर्षमा ३० करोड ८ लाख ३१ हजार ७ सय ५३ सम्पत्ती तथा दायित्व रकम उल्लेख छ ।


 संस्थाका सचिव भुवन अर्यालका अनुसार संस्थामा सदस्यहरु वृहत बनाउने  उद्देश्यका साथ गत वर्ष सम्म  ४ हजार ५ सय सदस्यता लिदा तिर्नु पर्नेमा अव जम्मा एक हजार रुपैयाँ तिरेर सदस्यता लिन पाईने नियम बनाईएको छ । उनका अनुसार संस्थामा शेयर सदस्य १९९२ जना वालवचतकर्ता ८ सय ७८ जना सहित कुल २८ सय ७९ जना सहभागी छन् ।  संस्थाले सहुलियत व्याजदरमा निम्न आय भएका सदस्यहरुलाई विभिन्न व्यवसाय गर्न ऋण लगानी गर्दैछ ।

यसबाट  कैयौं विपन्न र वेरोजगारहरुको जिवन स्तरमा सुधार आएको छ ।   वृद्ध वृद्धा , वालवालिका , मृत्यु वा दुर्घटनामा परेका सदस्यहरुलाई कल्याणकारी कोषको व्यस्था गरेको छ । संस्थाका अध्यक्ष गोपालप्रसाद पन्थीले  उक्त सहकारी  अघिल्लो वर्ष समेत देशकै उत्कृष्ट सहकारी संस्थाका रुपमा सम्मानित भएको छ । देशकै उत्कृष्ट सहकारी संस्थाका रुपमा राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित उक्त सहकारी संस्था वैंकिङ सुविधा सम्पन्न कार्यालय व्यवस्थापन गरेर तम्घासको क्यामपस रोडमा रहेको छ । अध्यक्ष पन्थीले जिल्लाभरकै सहकारी संस्थालाई  भविश्यमा   यसैमा आवद्ध गर्ने उद्देश्य लिईएको बताए । 

२५ वर्ष अघि एक–एक रुपैयाँ उठाएर २५ जनाको समुह बनाउने संस्थापक सचिव मुकुन्दहरी गौतमले उति वेला सहकारी भन्ने कुरा थाह नभएको  बताए ।   ६८ वर्षिय संस्थापक अध्यक्ष  रमेश थापाले उति वेला तम्घास वजारका साहुहरुले  गरिव किशानहरुलाई सय कटा ५ देखि १० सम्मको व्याज त्यस माथी ठेकी काट्ने चलन त्यसवाट घरबास नै उठ्ने देखे पछि समुह खोलेर रकम  वचत गर्न थालिएको बताए ।

कैयौ ऋण लिएका मान्छे उठीवास लागेका थिए , कैयौंलाई खुल्ला बजारमा लछार पछार समेत गर्दथे  व्याजमा लगाउने साहुहरुको ज्यादती सहन नसकेरै समुह बनाएर रकम संकलन गरियो र त्यसबाट संकलन भएको रकमले भै परी आउने सदस्यहरुलाई ऋण प्रवाह गर्न थालिएको हो , उनले भने दुई वर्ष सम्म मासिक एक रुपैयाँका दरले संकलन गरिए पनि पछि क्रमशः बृद्धि गर्दै लगिएको हो ।

हामीलाई सहकारी भन्ने त्यति वेला थाह थिएन उनले स्मरण गर्र्दै भने तर एक जना क्यानाडातिरका विदेश आएर यसो गरे समुदायलाई निकै फाईदा हुने सुझाव दिएका थिए ।   जिल्लाका सहकारी संस्थाहरुको छाता संगठन जिल्ला सहकारी संघका अध्यक्ष यमबहादुर थापाले उक्त सहकारी संस्था जिल्लाको उत्कृष्ट र सवै भन्दा बढि कारोवार गर्ने संस्थाका रुपमा रहेको बताए ।

उनको प्रमुख आतित्यतामा सम्पन्न उद्घाटन सत्रमा अन्य विभिन्न सहकारी संस्थाका प्रमुख , प्रतिनिधीहरुको विशोष आतिथ्यता रहेको थियो ।  कार्यक्रममा उत्कृष्ट व्यवसायी , लगानीकर्ता, बृद्ध बृद्धा ,  परिक्षमा उत्कृष्ट हुने शेयर सदस्यका सन्तती र स्थानिय तहको निर्वाचनमा निर्वाचन हुने शेयर सदस्यहरुलाई सम्मान समेत गरिएको थियोा । उद्घाटन सत्र सकिए लगत्तै बन्द सत्र चलिरहेको छ । बन्द सत्रले नयाँ कार्य समिति चयन गर्ने जनाईएको छ ।  संस्थाका अध्यक्ष गोपालप्रसाद पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोपालप्रसाद पाण्डेको स्वागत मन्तव्य र सचिव भुवनप्रसाद अर्यालयको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी