Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकतर्फ ५२ वटा दलद्वारा उम्मेदवारको बन्दसूची पेश

२०७४, २९ आश्विन आईतवार १४:१४

असोज २९, काठमाडौं (रासस) | प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५२ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गरेका छन् । 

कान्तिपथस्थित निर्वाचन आयोगको परिसरमा स्थापना भएको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा दलहरुले उम्मेदवारको बन्दसूची पेश गरेको आयोगले पत्रकारसम्मेलनमार्फत जानकारी दिएको हो । 

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राजनीतिक दलहरुले धैर्यता, संयमता र उत्साहका साथ उम्मेदवारको बन्दसूची पेश गर्नुभएको भनी प्रशंसा गर्नुभयो । आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिताको पालनाका साथै लोकतन्त्रको मूल्यमान्यतालाई आत्मसात् गर्न सरकार र राजनीतिक दलसँग उहाँले आग्रह गर्नुभयो । 

“निर्वाचनलाई सफल तुल्याउन सरकार, राजनीतिक दल र उम्मेदवारबाट सहयोग हुने अपेक्षा गरिएको छ,” उहाँले भन्नुभयो । 

निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले समानुपातिक निर्वाचनको बन्दसूची बुझाउने प्रक्रिया गणितीय, प्राविधिक र जटिल भएकाले बन्दसूचीलाई प्रक्रिया पूरा गरेर दर्ता गर्न समय लागेको बताउनुभयो । 

बन्दसूची पेश गर्नका लागि आज बिहान १० देखि अपराह्न ५ बजेसम्मको समय निर्धारण गरिएको थियो । आयोगमा दर्ता भएका कूल ९१ राजनीतिक दलमध्ये ८८ वटा राजनीतिक दलले समानुपातिकतर्फ उम्मेदवारी दर्ताका लागि यसअघि आयोगमा निवेदन दर्ता गराएका थिए । 

आयोगमा उम्मेदवारको बन्दसूची पेश गर्ने राजनीतिक दलहरुमा ग्रिन पार्टी नेपाल, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, राष्ट्रिय जनता दल नेपाल, चुरे भावर लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल युवा किसान पार्टी, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), ताम्सालिङ लोकतान्त्रिक पार्टी, नेपाली काँग्रेस, नेपाल समावेशी पार्टी, नेपाल समाजवादी पार्टी लोहियावादी, जनशक्ति नेपाल, जनतान्त्रिक पार्टी नेपाल, राष्ट्रिय शिवसेना पार्टी र नागरिक पार्टी रहेका छन् । 

यसैगरी, राष्ट्रिय जनता पार्टी नेपाल, देशभक्त समाज, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी, देशभक्त लोकतान्त्रिक पार्टी, बहुजन शक्ति पार्टी, दलित मुस्लिम जनशक्ति पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल जनता पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, युवा नेपाल पार्टी, राष्ट्रिय जनमोर्चा, लिबरल डेमोक्र्याटिक पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चाले उम्मेदवारको बन्दसूची पेश गरेका छन् । 

यस्तै, नयाँ शक्ति पार्टी नेपाल, हाम्रो नेपाल पार्टी, नेपालवाद, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, नेपाल दर्शन, राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेसनल अर्गनाइजेशन, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), नेपाल कम्युनिष्ट पार्टी (एमाले), संघीय खम्बुवान् लोकतान्त्रिक पार्टी नेपाल, राष्ट्रिय त्रिशूल बहुजन समाजवादी पार्टी, नेकपा माले समाजवादी पार्टी नेपाल, नेपाल नौलो जनवादी पार्टी, नेपाल लोकतान्त्रिक फोरम, नेकपा (माओवादी केन्द्र), नेपाल सुकुम्वासी पार्टी लोकतान्त्रिक, नेपाल लोकतान्त्रिक जनता काँग्रेस, नेपाली जनता दल, नेपाली काँग्रेस विपी, राष्ट्रिय मुक्ति आन्दोलन, राष्ट्रिय समाजवादी पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले समेत उम्मेदवारको बन्दसूची पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ