२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीका प्रमुख नेताहरु को-को समानुपातिकमा परे ? को-को प्रत्यक्ष लड्दैछन् ?

२९ आश्विन २०७४, आईतवार १८:१९

असोज ३०, काठमाडौं | आइतबार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनाव अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न राजनीतिक दलले उम्मेदवारको बन्दसूचि पेश गरेका छन् । 

बन्दसूचि पेश गर्नका लागि आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्मको समय निर्धारण गरिएको थियो । आयोगमा दर्ता भएका कूल ९१ राजनीतिक दलमध्ये ८८ वटा राजनीतिक दलले समानुपातिकतर्फ उम्मेदवारी दर्ताका लागि यसअघि आयोगमा निवेदन दर्ता गराएका थिए । जसमध्ये ५२ दलले सुची दर्ता गराएका छन् ।

यसैबीच माओवादी केन्द्रका नेताहरु आयोगको कार्यालय पुगेर सूची दर्ता गराएका छन् । प्रवक्ता पम्फा भुसालले आयोगले तोकेको समयसीमा ५ बजेभित्र नै सूची दर्ता गरेको जानकारी दिएकी हुन् ।

माओवादीका प्रमुख नेताहरुको नाम समानुपातिकको सुचिमा छैन 

यसैबीच आइतबार पेस भएको बन्दसुचिमा माओवादीका अधिकांश प्रमुख नेताहरुको नाम छैन । नेताहरु प्रत्यक्ष लड्ने तयारी रहेकाले समानुपातिकको सुचिमा नभएको हो । नेकपा एमालेसँग चुनावी तालमेल र पार्टीको एकीकरणको समेत घोषणा गरेको माओवादीले नाम चलेका केन्द्रिय नेता प्रत्यक्षतर्फबाट उठ्दा बढी मत पाउने आशामा उनीहरुको नाम सामानुपातिकमा नराखेको हो ।

समानुपातिकको सुचिमा निवर्तमान सभामुख ओनसरी घर्ती मगर र जयपुरी घर्ती मगर भने परेका छन् । घर्तीको जिल्ला रोल्पामा उहाँका पति वर्षमान पुन अनन्तले चुनाव लड्ने भएपछि घर्ति समानुपातिकमा पर्नुभएको हो । त्यस्तै माओवादी केन्द्रकि प्रमुख सचेतक समेत रहेकी रेखा शर्मा, नेता मणी थापा तथा नारायणप्रसाद दाहालको नाम भने समानुपातिकमै छ । नारायण प्रसाद दाहाल गएको संविधानसभा चुनावमा चितवन ३ बाट पराजित हुनु भएको थियो । यस्तै २०६४ सालको संविधानसभा चुनावमा दोलखाबाट निर्वाचित देवी खड्काको नाम पनि समानुपातिकमा छ । 

माओवादी केन्द्रले संघीय संसद्को समानुपातिक सूचीमा खस आर्य पुरुष र महिला १७-१७, जनजाति पुरुष र महिला १६-१६, थारू महिला चार र पुरुष तीन, दलित महिला आठ र पुरुष सात, मधेशी महिला नौ र पुरुष आठ एवम् मुस्लिम महिला तीन र पुरुष दुई को सूची दर्ता गरेको छ । माओवादी केन्द्रकि प्रवक्ता पम्फा भुषालका अनुसार संघीय संसद्ममा जम्मा महिला ५७ र पुरुष ५३ को सूची बुझाइएको छ ।

प्रत्यक्ष लड्ने नेताहरु को-को ? 

नेकपा माओवादी केन्द्रका नाम चलेका केन्द्रिय स्तर नेताहरु मध्ये रामबहादुर थापा बादल चितवन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ चुनाव लड्ने चर्चा छ । त्यस्तै माओवादी प्रवक्ता पम्फा भुषाल ललितपुर क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा रहेको चर्चा छ । तयस्तै नारायणकाजि श्रेष्ठ गोरखा २ बाट निर्वाचन लड्ने तय भईसकेको छ भने रोल्पामा वर्षमान पुन अनन्त लड्दैछन् । त्यस्तै माओवादीका अन्य ठूला नेताहरुले पनि आफ्नो प्रत्यक्ष निर्वाचनको स्थान तोकेर चर्चा गरिरहेका छन् तर यस बारेमा एकिन हुने अवस्था भने छैन किनकि बाम तालमेल पछी एमालेसँग तालमेल भएको कारण कहाँ को लड्ने भन्ने बिषय टुंगो लाग्न बाँकी नै छ । जे होस् एमालेसँगको तालमेल पछी आफ्नो जितको आशा सहित माओवादी केन्द्रका अधिकांश ठूला नेताहरु प्रत्यक्षबाटनै लड्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता