Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६४ जना मन्त्री बनाएका देउवाले यिनलाई माओवादी भन्ने चिनेनछन् !

२०७४, ३१ आश्विन मंगलवार १४:२४

असोज ३१, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै मन्त्री चिनेनन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ तर वास्तविकता त्यस्तै भएको छ ।

६४ जना मन्त्री बनाएर इतिहाँसमै खराब छवी बनाएका देउवाले मंगलबार माओवादी मन्त्रीहरुलाई छानीछानी जिम्मेवारीबाट हटाएर विनाविभागीय बनाए । तर, जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरी भने अझैपनि मन्त्री पुरानै जिम्मेवारीमा कायम छिन् । 

मंगलबार अकस्मात विनाविभागीय बनाइएका माओवादी मन्त्रीहरुमा उपप्रधानमन्त्री कृष्णबहादुर महरासहित स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, गृहमन्त्री जनार्दन शर्मा, शहरी विकासमन्त्री प्रभु साह, सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत, आपूर्ति मन्त्री शिवकुमार मण्डल, उर्जामन्त्री महेन्द्रबहादुर शाही र महिला मन्त्री आशा कोइराला छन् । त्यसैगरी पशुपंक्षी विकास मन्त्री सन्तकुमार थारुलाई पनि प्रधानमन्त्री देउवाले विनाविभागीय बनाएका छन् ।

राज्यमन्त्रीहरु रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, शम्भुलाल श्रेष्ठ, कर्णबहादुर बिक, छमबहादुर गुरुङ, गोमा कुँवर र वाङदी शेर्पाको ठाउँमा पनि अब देउवाले नयाँ राज्यमन्त्री तोक्ने तयारी स्वरुप उनीहरुलाई जिम्मेवारी विहीन बनाउने निर्णयमा पुगेका छन् । 

चौधरी नेकपा संयुक्तका तर्फबाट देउवा नेतृत्वको सरकारमा मन्त्री बनेकी हुन् । तर, नेकपा संयुक्त अघिल्लो साता माओवादीमा विलय भइसकेको छ । र, पार्टी एकतापछि चौधरी अब नेकपा संयुक्तकी नभएर माओवादीकी मन्त्री बनेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ