Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

असी वर्षमा पोखिएको जवानी !

By kit 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

आर.पि. लामिछाने । असोज ३१, बर्दिया ।

असी वर्ष पुग्न झण्डै एक वर्ष बाँकी । सेताम्मे अनुहार । तैपनि जोश र जाँगर भने १६ वर्षे जवानीको जस्तो । साहित्य कहिल्यै पनि पुरानो हुँदैन र कहिल्यै पनि मर्देन भनेझै बर्दियाका अग्रज सहित्यकार किशोरीलाल वैश्य अवधि साहित्यमा निकै जम्नुभएको थियो ।

१०९औं महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीको सन्र्दभ पारेर बर्दियाली साहित्य समाजले  आज महाकवि देवकोटा माध्यमिक विद्यालयमा आयोजना गरेको विशेष साहित्यिक कार्यक्रममा ८० वर्षे जवानी साहित्यका माध्यमबाट पोखिएको हो । वहाँले जीवनमा यो गर्छु उ गर्छु भन्दा भन्दै केहि पनि गर्न नपाउँदै जीवन समाप्तितर्फ उन्मुख हुने कुरा अवधि गजलका माध्यमबाट राख्नुभयो ।

विद्यालयको परिसरमा रहेको देवकोटाको शालिकमा माल्यार्पणसँगै शुरु गरिएको कार्यक्रममा सहभागी साहित्यिक विद्वान व्यक्तित्व तथा भेरी सासिहत्य समाज बर्दियाका अध्यक्ष टीकाराम तिमिल्सिनाले जिल्लाका सबै साहित्यिक संघसंस्थाहरु साहित्यक अभियानमा ऐक्यवद्धता जनाउँदै अगाडि बढ्नुपर्ने कुरा औंल्याउनुभयो । यसैगरी कथाकार तथा साहित्यिक व्यक्तित्व तथा बर्दियाली साहित्य समाजका संस्थापक रमेशचन्द्र ज्ञलालीले साहित्य समाजको दर्पण भएकोले यसका माध्यमबाट समाजलाई मार्गदर्शन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

यसैगरी साहित्यिक विद्वत व्यक्ति श्रीधर गौतमले प्राचीनता भनेको हाम्रो सम्पदा भएकोले यसको संरक्षण तथा हस्तान्तरण गर्दै साहित्यलाई जगेर्ना गर्नु पर्ने औंल्याउँदै कविता मात्रै नभएर साहित्यका विविध पाटाहरु निवन्ध, आलेख, समालोचना, गीत, गजल सबैलाई सर्जकहरुले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । शब्दहरुलाई परिमार्जन गर्ने र नयाँ शब्द निर्माण गर्ने अधिकार कवि तथा साहित्यकारहरुमा मात्रै हुने भएकोले जो पायो त्यसैले भाषालाई विगार्न पाउने अधिकार नपाउने समेत गौतमले बताउनुभयो ।

कार्यक्रमा अन्य श्रष्टाहरु अभिनन्दन सुवेदी, सुदन लम्साल, यमुना ज्ञवालीले आ–आफ्ना साहित्यिक रचनाहरु प्रस्तुत गर्नुभएको थियो भने बर्दियाली साहित्य समाजका सदस्य एवम् कवि विष्णुप्रसाद मरासिनीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम समाजका सदस्य प्रभात सुवेदीको सहजीकरण तथा समाजका कार्यवहाक अध्यक्ष तथा कवि हरिहर शर्मा आचार्यको अध्यक्षतामा सम्पन्न गरिएको हो ।