आर.पि. लामिछाने । असोज ३१, बर्दिया ।

असी वर्ष पुग्न झण्डै एक वर्ष बाँकी । सेताम्मे अनुहार । तैपनि जोश र जाँगर भने १६ वर्षे जवानीको जस्तो । साहित्य कहिल्यै पनि पुरानो हुँदैन र कहिल्यै पनि मर्देन भनेझै बर्दियाका अग्रज सहित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आर.पि. लामिछाने । असोज ३१, बर्दिया ।

असी वर्ष पुग्न झण्डै एक वर्ष बाँकी । सेताम्मे अनुहार । तैपनि जोश र जाँगर भने १६ वर्षे जवानीको जस्तो । साहित्य कहिल्यै पनि पुरानो हुँदैन र कहिल्यै पनि मर्देन भनेझै बर्दियाका अग्रज सहित"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

असी वर्षमा पोखिएको जवानी !

३१ आश्विन २०७४, मंगलवार १५:०८

आर.पि. लामिछाने । असोज ३१, बर्दिया ।

असी वर्ष पुग्न झण्डै एक वर्ष बाँकी । सेताम्मे अनुहार । तैपनि जोश र जाँगर भने १६ वर्षे जवानीको जस्तो । साहित्य कहिल्यै पनि पुरानो हुँदैन र कहिल्यै पनि मर्देन भनेझै बर्दियाका अग्रज सहित्यकार किशोरीलाल वैश्य अवधि साहित्यमा निकै जम्नुभएको थियो । 


१०९औं महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीको सन्र्दभ पारेर बर्दियाली साहित्य समाजले  आज महाकवि देवकोटा माध्यमिक विद्यालयमा आयोजना गरेको विशेष साहित्यिक कार्यक्रममा ८० वर्षे जवानी साहित्यका माध्यमबाट पोखिएको हो । वहाँले जीवनमा यो गर्छु उ गर्छु भन्दा भन्दै केहि पनि गर्न नपाउँदै जीवन समाप्तितर्फ उन्मुख हुने कुरा अवधि गजलका माध्यमबाट राख्नुभयो ।

विद्यालयको परिसरमा रहेको देवकोटाको शालिकमा माल्यार्पणसँगै शुरु गरिएको कार्यक्रममा सहभागी साहित्यिक विद्वान व्यक्तित्व तथा भेरी सासिहत्य समाज बर्दियाका अध्यक्ष टीकाराम तिमिल्सिनाले जिल्लाका सबै साहित्यिक संघसंस्थाहरु साहित्यक अभियानमा ऐक्यवद्धता जनाउँदै अगाडि बढ्नुपर्ने कुरा औंल्याउनुभयो । यसैगरी कथाकार तथा साहित्यिक व्यक्तित्व तथा बर्दियाली साहित्य समाजका संस्थापक रमेशचन्द्र ज्ञलालीले साहित्य समाजको दर्पण भएकोले यसका माध्यमबाट समाजलाई मार्गदर्शन गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

यसैगरी साहित्यिक विद्वत व्यक्ति श्रीधर गौतमले प्राचीनता भनेको हाम्रो सम्पदा भएकोले यसको संरक्षण तथा हस्तान्तरण गर्दै साहित्यलाई जगेर्ना गर्नु पर्ने औंल्याउँदै कविता मात्रै नभएर साहित्यका विविध पाटाहरु निवन्ध, आलेख, समालोचना, गीत, गजल सबैलाई सर्जकहरुले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । शब्दहरुलाई परिमार्जन गर्ने र नयाँ शब्द निर्माण गर्ने अधिकार कवि तथा साहित्यकारहरुमा मात्रै हुने भएकोले जो पायो त्यसैले भाषालाई विगार्न पाउने अधिकार नपाउने समेत गौतमले बताउनुभयो । 


कार्यक्रमा अन्य श्रष्टाहरु अभिनन्दन सुवेदी, सुदन लम्साल, यमुना ज्ञवालीले आ–आफ्ना साहित्यिक रचनाहरु प्रस्तुत गर्नुभएको थियो भने बर्दियाली साहित्य समाजका सदस्य एवम् कवि विष्णुप्रसाद मरासिनीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम समाजका सदस्य प्रभात सुवेदीको सहजीकरण तथा समाजका कार्यवहाक अध्यक्ष तथा कवि हरिहर शर्मा आचार्यको अध्यक्षतामा सम्पन्न गरिएको हो ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान