कात्तिक ७, काठमाडौं । माओवादी नेता राम बहादुर थापा बादल नवलपुर १ बाट निर्वाचनमा लड्ने भएका छन् । बादलले चितवन २ दावी गरेपनि त्यहाँबाट निर्वाचन नलड्ने पक्का-पक्कि भएको छ"/>
कात्तिक ७, काठमाडौं । माओवादी नेता राम बहादुर थापा बादल नवलपुर १ बाट निर्वाचनमा लड्ने भएका छन् । बादलले चितवन २ दावी गरेपनि त्यहाँबाट निर्वाचन नलड्ने पक्का-पक्कि भएको छ ।
उता एमालेले प्रचण्डलाई चितवनको क्षेत्र नम्बर ३ छाडिसकेकाले चितवनको २ नम्बरमा माओवादीलाई नदीई नवलपुर १ मा दिन तयारदेखिएको छ ।
नवलपुरसहित ४५ जिल्लामा मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन हुँदैछ । स्थानीय चुनावमा कांग्रेससँग गठबन्धन गरेको माओवादीलाई प्रतिनिधिसभा चुनावमा चितवनका ३ मध्ये २ स्थानमा दिंदा समस्या देखेपछी एमालेले चितवनको बाँकी २ सिट आफैले राख्ने भएको हो । यस बीचमा माओवादीभित्र बादललाई समानुपातिकमा राख्ने वा नवलपुरमा उठाउने भन्ने बिषय बहशमा छ ।
त्यस्तै बादललाई चितवन ३ दिएर प्रचण्डलाई बर्दियाबाट चुनाव लडाउने बिषय पनि बहशमा छ ।