2026-08-02 06:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचकमा भारी गिरावट

काठमाडौँ | नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार भारी गिरावट आएको छ । आजको कारोबार बन्द हुँदासम्म नेप्से २६.१६ अंकले घटेर २,७७०.२६ विन्दुमा कायम भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ०.९३ प्रतिशतको गिरावट हो । आज बजार सुरुवाती समयमा केही सकारात्मक देखिए पनि दिउँसो १२ बजेपछि भने लगातार ओरालो लागेको थियो । दिनभरको उतारचढावका बीच कुल ३४९ कम्पनीका १ करोड ४० लाख १८ हजार ९२० कित्ता सेयर खरिदबिक्री भए । यसबाट ६ अर्ब ५३ करोड १७ लाख २३ हजार २२६ रुपैयाँ बराबरको कुल कारोबार भएको छ ।

बजारमा गिरावट आउँदा कारोबार भएका कम्पनीमध्ये २१३ वटाको सेयर मूल्य ओरालो लागेको छ भने ४२ कम्पनीको मूल्यमा वृद्धि देखिएको छ । बाँकी १४ कम्पनीको मूल्य भने स्थिर रहेको छ । आजको कारोबारमा पोखरा फाइनान्स लिमिटेड सर्वाधिक कारोबार हुने कम्पनी बनेको छ । यस कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । त्यस्तै रसुवागढी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंक पनि कारोबार रकमका आधारमा अग्रस्थानमा रहेका छन् ।

समग्र बजार घटे पनि हिमालयन बैंक डिबेन्चरका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशत नाफा कमाएका छन् । त्यस्तै साइन रेसुंगा डेभलपमेन्ट बैंकको ऋणपत्र र साङ्ग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रको मूल्यमा पनि ३ प्रतिशतभन्दा बढीको सुधार देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन जनकपुरधाममा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी लाइफ र लाइकबीच रोज्नुपरे लाइफ रोज्न सक्ने नेता बन्नुपर्छ: गगन थापा वीरगञ्जमा आज पनि निषेधाज्ञा जारी सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रूपमा लागिपरेको छ: प्रधानमन्त्री साह राष्ट्रियसभाको बैठक साउन १८ गते सम्मका लागि स्थगित साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजारमा हरियाली वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ म संघीयता विरोधी होइन : प्रधानमन्त्री शाह राष्ट्रपति पौडेलद्वारा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति समवेदना प्रकट कुनै पनि विषय वस्तुमा तर्क राख्नुअघि संयमित बनौँ: गगन थापा रवि लामिछानेले गरे धार्मिक अगुवाहरूसँग छलफल ब्रोड पिक हिमपहिरोमा बेपत्तामध्ये चार जनाको शव फेला