2026-09-30 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण

काठमाडौँ | प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले स्वस्फूर्त रूपमा सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । यही विवरण आफूले शिक्षामन्त्री हुँदा पनि बुझाएको पुनले बताएका छन् । तर तत्कालीन सरकारले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरिदिएको उनको भनाइ छ । स्वआर्जनबाट किनिएको चारवटा जग्गा रहेको पुनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनको घर रहेको कास्कीको माझठाना वडा ७ मा चारवटा कित्ता जग्गा रहेको र २६ रोपनीभन्दा बढी जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यी जग्गाहरू स्वआर्जन भएको र कतिपय भने अमेरिकाबाट फर्कँदा बचेको पैसा भएको सांसद पुनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनले यी सबै जग्गा पदम पुनसँग मिलेर किनेको र राष्ट्रिय आविस्कार केन्द्र सञ्चालनका लागि बिक्रीमा राखिएको उल्लेख गरेका छन् । यद्यपी हालसम्म जग्गा बिक्री नभएको उनको भनाइ छ । उनले २०६० सालमा किनेको ३ तोला सुन श्रीमतीसँग रहेको उल्लेख गरेका छन् । सुनको स्रोत भने इस्टमित्रहरूले पत्नीलाई उपहारस्वरूप दिएको उनले उल्लेख गरेका छन् । यस्तै दुईवटा बैंक खातामा २९ लाख रुपैयाँ रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । नेपाल बैंकमा आफ्नो नामको बैंक खातामा करीब ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकमा रहेको आफ्नो खातामा करीब २५ लाख रुपैयाँ रहेको उनले बताएका छन् । जसमध्ये नेपाल बैंकमा रहेको रकम साथीहरूबाट प्राप्त सहयोग भएको बताएका छन् भने राष्ट्रिय वाणिज्य बैंकको २५ लाख २०८२ फागुनको चुनावका लगि संकलन भएको सहयोग र चुनावमा गरेको खर्चबाट बचेको उल्लेख गरेका छन् । यो रकम आफ्नो निर्वाचन क्षेत्रका मतदाताको सहयोगका लागि बेनीमा सञ्चालन गरिने कार्यालयमा खर्च गरिने पुनले उल्लेख गरेका छन् ।

उनले आफूसँग कुनै धितोपत्र वा सेयर नरहेको बताएका छन् । साथै कसैलाई ऋण नदिएको र कसैसँग नलिएको, सवारीसाधन नरहेको, कृषि तथा पशुधन पनि नरहेको उल्लेख गरेका छन् । उनले आफूले आफ्नो आत्मकथा पुस्तक हालसम्म २ लाख ५० हजार प्रतिबिक्री गरेको र त्यसबाट आएको सबै पैसा राष्ट्रिय आविस्कार केन्द्र तथा वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनार्थ राष्ट्रिय आविष्कार केन्द्रको नेपाल बैंकमा रहेको बैंक खातामा जम्मा गरेको उल्लेख गरेका छन् । पुनको पुस्तको मूल्य ७५० रुपैयाँ रहेको छ । २ लाख ५० हजार प्रतिबिक्री गर्दा पुनले त्यसबाट १८ करोड ७५ लाख रुपैयाँ प्राप्त गरेका छन् । किताब बिक्रीबाट आएको सबै रकम राष्ट्रिय आविस्कार केन्द्र तथा वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनार्थ राष्ट्रिय आविष्कार केन्द्रको खातामा राखेको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम