2026-09-10 06:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते

काठमाडौँ | इजरायली लडाकु विमानले मंगलबार पूर्वी र दक्षिणी लेबनानमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ। यस्तै, आक्रमणमा परि अन्य तीन जना घाइते भएको जनाइएको छ। इजरायलले दक्षिणी लेबनानको टायर र बिन्ट जेबिल जिल्लाका धेरै सहरहरूलाई लक्षित गरी आक्रमण गरेको बताइएको छ।

यसै बीच, बेरुतको दक्षिणी उपनगरका केही भागहरूमा आक्रमण विस्तार गर्ने इजरायली धम्की पछि विस्थापित बासिन्दाहरूको आवागमन बढेको देखाइएको छ। लेबनानको जनस्वास्थ्य मन्त्रालयको जन–स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार मार्च –२ देखि इजरायली आक्रमणमा तीन हजार १८५ जनाको मृत्यु भएको छ भने नौ हजार ६३३ जना घाइते भएका छन्।

अप्रिल –१६ देखि लागु भएको युद्धविराम सम्झौताको बाबजुद इजरायलले दक्षिणी लेबनानमा आफ्नो आक्रमण जारी राखेको छ।

निरन्तरको आक्रमणका कारण बिग्रँदै गएको यस क्षेत्रको सुरक्षा र मानवीय अवस्थाको बीचमा मे १५ मा दोस्रो पटक ४५ दिनका लागि युद्धविराम विस्तार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु : गगनकुमार थापा भोटेकोशी बाढीमा खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग कवीन्द्र बुर्लाकोटीको माग विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धारमा जुटौँ : पद्मा अर्याल अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट