2026-08-02 02:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई

काठमाडौँ | श्रम संस्कृति पार्टीको संसदीय दलका नेता हर्कराज राईले सभामुखसमक्ष प्रधामनमन्त्रीलाई ल्याउने र आफूलाई सदनबाट निकाल्ने विकल्पमा जान सुझाएका छन् । बुधबार संसद सुरु हुनेबित्तिकै राईले संसदमा प्रधानमन्त्रीलाई ल्याउने सभामुखले भूमिका नलेखेको भन्दै यस्तो आग्रह गरेका हुन् ।

‘संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन । नियम १५ को २ को अनुसार सदनमा जवाफदेही बनाएर ल्याउन सक्नु हुन्न भने नियमावलीको ३१ को १ लागू गरेर मलाई निष्कासन गरेर सदनको गरिमा बढाइदिनुहुन अनुरोध गर्छ,’ उनले भने, ‘दुईमध्ये एक लागू गरिदिनुस् । प्रधानमन्त्री ल्याउने वा मलाई निकाल्दिने गर्नुस् । नत्र संसदको गरिमा कायम हुँदैन ।’

जवाफमा सभामुख डोलप्रसाद अर्यालले मंगलबारकै बैठकमा प्रधानमन्त्रीबारे जानकारी गराइसकेको दाबी गरे ।

‘हिजो उपस्थिति हुनु हुँदैन थियो । ध्यानाकर्षण भएर हिजो नै सभालाई जानकारी गराइसकेको थिएँ,’ हर्कलाई बस्न आग्रह गर्दै सभामुखले भने, ‘कसलाई रुलिङ गर्ने कसलाई नगर्ने, यसरी गर्नुस् भनेर सभामुखलाई भन्ने अभ्यास छैन । नेपालको संविधान, कानुन, ऐन, नियमावली सबैलाई हेर्दा यो छैन । सभामुखलाई उचित लागे निर्णय लिने सभामुखको जिम्मेवारी हो ।’

सभामुखले मंगलबारको बैठकमा प्रधानमन्त्रीलाई सदनमा आएर बोल्न रुलिङ गरेका थिएनन् । संसदमा आएर बोल्ने अभ्यास भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन जनकपुरधाममा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी लाइफ र लाइकबीच रोज्नुपरे लाइफ रोज्न सक्ने नेता बन्नुपर्छ: गगन थापा वीरगञ्जमा आज पनि निषेधाज्ञा जारी सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रूपमा लागिपरेको छ: प्रधानमन्त्री साह राष्ट्रियसभाको बैठक साउन १८ गते सम्मका लागि स्थगित साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजारमा हरियाली वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ म संघीयता विरोधी होइन : प्रधानमन्त्री शाह राष्ट्रपति पौडेलद्वारा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति समवेदना प्रकट कुनै पनि विषय वस्तुमा तर्क राख्नुअघि संयमित बनौँ: गगन थापा रवि लामिछानेले गरे धार्मिक अगुवाहरूसँग छलफल ब्रोड पिक हिमपहिरोमा बेपत्तामध्ये चार जनाको शव फेला