२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर

२०८३, १३ जेष्ठ बुधबार १२:०७

काठमाडौँ | नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले संसद्को नयाँ भवन फिल्म हलजस्तो देखिएको टिप्पणी गरेका छन् । बुधबार (जेठ १३) प्रतिनिधिसभा बैठकमा उनले त्यहाँको टेबल कक्षाकोठाको जस्तो भएको टिप्पणी गरे ।

“त्यो प्रतिनिधिसभाको हल हो । त्यहाँ सांसदहरू फिल्म हेर्न आएका होइनन् । त्यसका सिट फिल्म हलको जस्तो बनाइएको छ,” उनले भने, “टेबल कक्षाकोठाका जस्ता बनाइएका छन् । त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ ।”

धेरै लगानी र समय लगाएर बनाइएको भवनको सही ढंगले व्यवस्थापन गरिनुपर्नेमा उनले जोड दिए । “धेरै ठूलो लगानी र समय लगाएर बनाइएको भवन, दीर्घकालीन महत्त्वको भवनलाई सही ढंगले व्यवस्थापन सञ्चलान गर्नु वाञ्छनीय हुन्छ । तर, हतारहतारमा गर्ने कार्यले क्षति हुन्छ कि,” सांसद महरले भने ।

त्यसलाई उनले प्रतिनिधिसभाको हलजस्तो बनाउन पनि आग्रह गरे । आउँदो आर्थिक वर्षको बजेट निर्माणधीन उक्त भवनको हलबाटै प्रस्तुत गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली