2026-08-01 12:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल

काठमाडौँ | नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विरोधीहरूसामु टाउकु लुकाएर हिंड्नुपर्ने अवस्था आफ्नो पार्टीको नरहेको जिकिर गरेका छन् । शनिबार काठमाडौँमा अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको दुई तिहाई निजक सिटलाई सुनामीको संज्ञा समेत दिए । यसको पछाडिका कारणहरू अहिले खोजी भइरहेको उनको भनाइ छ ।

‘विरोधीहरू आक्रामक, हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन । केही आवश्यकता छैन भाग्नुपर्ने । यो एउटा सुनामी आयो, यो सुनामी मात्रै हो यो । यसका पछाडिका पनि कारणहरूको खोजी भइरहेको छ । बेला–वखतमा सुन्ने गर्छौं, पोल खोल्दिन्छु भन्दैछन् त्यहीँ भित्रका मान्छेले,’ उनले अघि भने, ‘के–के हो ? सेनाको भूमिका कस्तो रह्यो ? सरकारको भूमिका कस्तो रह्यो ? निर्वाचन आयोगको भूमिका कस्तो रह्यो ? मतपत्रको अवस्था कस्तो रह्यो ? यी सबै कुराहरू पनि एक न एक दिन खुल्दै जाने पनि छ ।’

नेपालले वि.सं. २०४७ सालको संविधान निर्माणदेखि नै महिला र दलितको विशेष उपस्थितिलाई अनिवार्य गराउन आफूहरूले पहल गरेको उल्लेख उनले सम्बोधनको क्रममा गरे ।‘चाहे राष्ट्रपति होस् उपराष्ट्रपति होस्, चाहे त्यो जुनसुकै राष्ट्रिय सभा, प्रतिनिधि सभाको प्रमुख सभामुख उपसभामुख होस्, यी सबै ठाउँहरूमा पनि महिलाहरूको पनि उपस्थिति अनिवार्य हुनुपर्दछ भनेर हामीले व्यवस्था पनि गरेका छौँ । त्यसैले यी सबै कुरा यी अहिले जितेका पार्टीका मान्छेलाई सोध्नुस् त थाहा छ उनीहरूलाई ? उनीहरूले कुनै भूमिका खेलेका छन् ? त्यो बेलामा भूमिका खेल्ने को हुन् ?,’ उनको प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन जनकपुरधाममा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी लाइफ र लाइकबीच रोज्नुपरे लाइफ रोज्न सक्ने नेता बन्नुपर्छ: गगन थापा वीरगञ्जमा आज पनि निषेधाज्ञा जारी सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रूपमा लागिपरेको छ: प्रधानमन्त्री साह राष्ट्रियसभाको बैठक साउन १८ गते सम्मका लागि स्थगित साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजारमा हरियाली वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ म संघीयता विरोधी होइन : प्रधानमन्त्री शाह राष्ट्रपति पौडेलद्वारा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति समवेदना प्रकट कुनै पनि विषय वस्तुमा तर्क राख्नुअघि संयमित बनौँ: गगन थापा रवि लामिछानेले गरे धार्मिक अगुवाहरूसँग छलफल ब्रोड पिक हिमपहिरोमा बेपत्तामध्ये चार जनाको शव फेला प्रधानमन्त्री शाह मधेशी नेताहरूसँग छलफल गर्दै अन्डाको मूल्य बढ्यो कुवेतकोमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु सुनचाँदीको मूल्यमा वृद्धि सर्लाहीको बरहथवा बजारमा प्रदर्शन गर्न आएका चार जना नियन्त्रणमा नेपाली निर्मल पुर्जासहित १० आरोही पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन धारिलो हतियार प्रहार गरि आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ