२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा बाम गठबन्धनको चुनावी अभियान सुरु

१३ कार्तिक २०७४, सोमबार १५:५३

कमल रावल/कात्तिक १३, अछाम । बाम गठबन्धन पछि नेकपा एमाले र माओबादी केन्द्रको संयुक्त बैठक विभीन्न निर्णय गर्दै सम्पन्न भएको छ । 

एमाले अछामका अध्यक्ष शेर बहादुर कुँवरको अध्यक्षतामा भएको बैठकले आगामी मंसिर २१ गते हुने प्रतिनीधी र प्रदेश सभा निर्वाचनको लागी नेकपा एमाले र माओबादी केन्द्रको जिल्ला स्तरको नेतृत्वमा संयुक्त अपिल छाप्ने र त्यसको लागी कात्तिक १४ गते देखी कार्यको थालनी गर्ने निर्णय गरेको छ ।


मंगलसेनमा सम्पन्न बैठकले बाम गठबन्धनका उमेद्धवारलाई बिजयी गराउन संयुक्त प्रचार प्रसार गर्ने, केन्द्रको निर्णय अनुसार उमेद्धवार हरुको नाम, फोटो र निर्वाचन चिन्ह सहित केन्द्रिय नारा अंकीत संयुक्त ब्यानर छाप्ने, दुबै पार्टिको तर्फबाट एक एक जना कार्यालय सचिव खटाउने, बाम गठबन्धनका भातृ संगठन हरुलाई पनी बैठक र भेला संयुक्त रुपमा गर्न अनुरोध गर्ने र एकै साथ प्रचार अभियानमा जान निर्देशन दिने निर्णय गरेको छ । 

बाम गठबन्धन पछिको पहीलो बैठकले दुबै पार्टिको संयुक्त अगुवा कार्यकर्ता भेला कात्तिक १७ गते जिल्ला समन्वय समितीको हलमा गर्ने, गाँउ र ईलाका स्तरमा पनी बाम गठबन्धनका कार्यक्रमहरु संयुक्त रुपमा गर्न दुबै पार्टिका शिर्ष नेताहरुले अनुरोध गरेका छन । 

बैठकमा एमाले नेता कृष्ण प्रसाद जैसी, माओबादी केन्द्रका जिल्ला संयोजक झपट साउद, मगलसेन नगरपालिका प्रमुख पदम बोहरा, रामारोशन गाउपालीकाका अध्यक्ष झंकर साउद, एमाले अछामका सचिव यज्ञ बहादुर बोगटी, माओबादी केन्द्रका केन्द्रिय आयोजक कमीटी सदस्य बम बहादर रावत, एमाले अछामका प्रचार विभाग प्रमुख भिम जनाला, माओबादी केन्द्रका नेता लोक बहादुर बोगटी, एमालेका जिल्ला सदस्य केशर मिया र नमराज न्यौपाने लागयतको सहभागीता रहेको थियो । 

नेकपा एमाले र माओबादी केन्द्रले पार्टि एकता गर्ने सहमती गरेपछि जिल्लाका ग्रामीण क्षेत्रमा पनी संयुक्त रुपमा कार्यक्रम हुन थालेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ