2026-08-29 01:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रदेश नं. ७ का ४ जिल्लामा एमालेले लगायो उम्मेरवारको टुंगो, को–को परे सूचीमा ?

कात्तिक १४, डडेल्धुरा । दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुने प्रदेश नम्बर ७ का ४ जिल्लामा नेकपा एमालेले आफ्ना उम्मेदवार टुंगो लगाएको छ ।

वाम गठबन्धनको सिट बाँडफाँट अनुसार आफूले पाएका क्षेत्रहरुमा एमालेले उम्मेदवार टुंगो लगाएको हो । माओवादीसँगको बाँडफाँटमा एमालेले ७ सिट पाएको थियो । त्यस्तै प्रदेशसभातर्फ १६ सिट पाएको थियो ।

जसअनुसार एमाले उपाध्यक्ष भीम रावल अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । त्यस्तै कैलाली क्षेत्र नम्बर १ मा गरिमा शाह, क्षेत्र नम्बर २ कम झप्पड रावल र क्षेत्र नम्बर ५ मा नारदमुनी राना थारु उम्मेदवार बन्नेछन् । कैलालीको क्षेत्र नम्बर ३ र ४ मा माओवादीका उम्मेदवार हुनेछन् ।

कञ्चनपुरको क्षेत्र नम्बर २ मा नरबहादुर धामी र ३ मा प्रकाश भट्ट उम्मेदवार बन्नेछन् । कञ्चनपुर १ माओवादीले पाएको छ भने त्यहाँ नेत्रृ बिना मगर उम्मेदवार हुनेछिन् । यस्तै एउटा मात्र प्रतिनिधिसभा क्षेत्र रहेको डोटीमा एमालेका प्रेम आले उम्मेदवार हुनेछन् ।

अछाम क्षेत्र नम्बर २ र डडेल्धुरामा प्रतिनिधिसभातर्फ नेकपा माओवादीका उम्मेदवारलाई एमालेले सहयोग गर्नेछ । यता प्रदेशतर्फ कैलाली १ ‘क’मा लालवीर चौधरी, २ ‘क’मा रतन थापा, ३ ‘ख’मा अमर साउद, ४ ‘क’ र ‘ख’मा क्रमसः दीर्घ सोडारी र कृष्ण सुवेदी तथा ५ ‘क’मा नेपालु चौधरी उम्मेदवार बनेका छन् । अन्य प्रदेशमा माअ‍ोवादीका उम्मेदवारलाई एमालेले सघाउनेछ ।

त्यस्तै कञ्चनपुर १ ‘क’ र ‘ख’मा क्रमसः तारा लामा तामाङ र मर्यादा विष्ट उम्मेदवार छन् भने २ ‘ख’मा लालबहादुर खड्का र ३ ‘क’मा प्रकाश रावल उम्मेदवार छन् । यस्तै डडेल्धुरा प्रदेश ‘क’मा पठानसिंह बोहोरा र ‘ख’मा डा. तारा जोशी उम्मेदवार छन् । डोटीमा ‘क’मा प्रदेशसभातर्फ चक्र मल्ल उम्मेदवार हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो