Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा अधिकांश उम्मेद्वार पुरानै

२०७४, १४ कार्तिक मंगलवार १५:०९

चिसाङ शेर्पा | कात्तिक १४, खोटाङ | मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि खोटाङमा अधिकांश पुरानै अनुहार चुनावी मैदानमा उत्रिएका छन् । खोटाङका जनताले उल्ट्याई, फर्काई, अघिपछि सवै कोणवाट नियालेका नेताहरु चुनावी मैदानमा आएका हुन् । कसले कती के गरे नालीवेली वुझीसकेका कांग्रेस, एमाले, माओबादी केन्द्र, नेकपा माले लगायतका दलकातर्फबाट अधिकांश पूरानै अनुहार दोहोरिएका हुन् । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा विशेषगरी ठूला दलभित्र २०६४ साल यताको निर्वाचनमा उठिसकेका उम्मेद्वार पनि दोहोरिएका छन् । टिकटका लागि नयाँ र पुराना आकांक्षीको सूची केन्द्रमा सिफारिस भए पनि अधिकांश पुरानै उम्मेद्वारले बाजी मारेका हुन् । निर्वाचनमा जिल्लाबाट प्रतिनिधिसभाका लागि १० र प्रदेशसभाका लागि ९ उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् । 

२०६४ सालको संबिधानसभा निर्वाचनमा लडेका कांग्रेस नेता सुवासकुमार पोखरेल पुःन दश वर्षपछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा खोटाङ क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यमा चुनावी मैदानमा उत्रिएका छन् । यसपल्ट क्षेत्र नम्बर २ बाट प्रदेशसभामा उठेका कांग्रेस नेता बिष्णुकुमार राई पनि २०७० सालको निर्वाचनमा लडेका थिए । यद्यपी, वर्तमान महासमिति सदस्य रहेका नेता पोखरेल र राई चुनावमा पराजित भएका थिए । कांग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्यमा टिकट पाएकी सरस्वती बजीमय पनि पुर्वसभाषद हुन् । बजीमय २०७० सालमा समानुपातिक सभाषद बनेकी थिईन् । 

यस्तै, बाम गठबन्धन अन्तरगत एमालेकातर्फबाट प्रतिनिधिसभा सदस्यमा उठेका नेता बिशाल भट्टराई २०७० सालको निर्वाचनमा विजयी सांसद हुन् । २०६४ सालमा माओबादीका उम्मेद्वार समिता कार्कीसँग पराजित भट्टराईले २०७० सालको संविधानसभाको निर्वाचनमा भने कांग्रेसका उम्मेद्वार बिष्णुकुमार राईलाई पछि पारेका थिए । भट्टराई एमालेका बैकल्पीक केन्द्रीय सदस्य पनि हुन् । बाम गठबन्धनकातर्फबाट क्षेत्र नम्बर २ बाट उठेका माओबादी केन्द्रका रामकुमार राई पनि २०६४ सालको निर्वाचनमा लडेका उम्मेद्वार हुन् । उसबेला कांग्रेसका सुवासकुमार पोखरेललाई पछि पारेका रामकुमार दश वर्षपछि पुःन चुनाबी मैदानमा उत्रिएका हुन् । २०६४ साल र २०७० सालको दुबै निर्वाचनमा हात लागेको टिकट गुमाएका एमाले नेता राजन राई यसपल्ट बाम गठबन्धनकातर्फबाट क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यमा उठेका छन् । उनी एमालेका बैकल्पीक केन्द्रीय सदस्य हुन् । २०६४ सालमा पराजित तथा २०७० सालको चुनावमा सांसदमा विजयी पिके राई भने यसपल्ट टिकटको जोडघटाउबाट बाहिरिएका छन् ।

यसैगरी, २०७० सालको निर्वाचनमा राप्रपाकातर्फबाट क्षेत्र नम्बर १ बाट लडेका राप्रपा प्रजातान्त्रिकका नेता धर्मराज पोखरेल पनि यसपल्ट दोहोरिएका छन् । लोकतान्त्रिक गठबन्धनकाक्रममा मनोनयन फिर्ता लिने भनिए पनि पोखरेलले मनोनयन फिर्ता गरेनन् । यस्तै, नेपाल कम्युनिष्ट पार्टीबाट २०७० सालको संबिधानसभा निर्वाचनमा क्षेत्र नम्बर २ बाट लडेका कुलप्रसाद शर्मा फुयाँल पुःन नेकपा मालेकातर्फबाट प्रदेशसभा सदस्यमा चुनावी मैदानमा उत्रिएका छन् । फुयाँल पार्टीका पोलिटव्यूरो सदस्य हुन् । कार्यकर्ता व्यवस्थापन चुनौती देखिए पनि आगामी निर्वाचनमा गठबन्धन पार्टी बढि उत्साहित देखिएका छन् । लोकतान्त्रिक गठबन्धन पनि बाम गठबन्धनका असन्तुष्टपक्षबाट फाईदा उठाउने दाउमा छन् । 

१ लाख २५ हजार १८३ मतदाता रहेको खोटाङमा १९ उम्मेद्वार चुनावी मैदानमा छन् । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा संघीय समाजबादी फोरमकातर्फबाट प्रतिनिधिसभा सदस्यका लागि डा. कृष्णकुमार राई, प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट नबिन राई र क्षेत्र नम्बर २ बाट टंकबहादुर थापा, नयाँ शक्तीकातर्फबाट प्रतिनिधिसभा सदस्यका लागि मदन राई चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता नगराएको नेकपा मालेले प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट नेत्रबहादुर कट्वाललाई उम्मेद्वार बनाएको छ । यस्तै, राष्ट्रिय जनता पार्टी नेपालकातर्फबाट प्रतिनिधिसभा सदस्यका लागि खम्बूवान राष्ट्रिय मोर्चाका बिश्वास राई र प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट तुलसीकुमार राईको मनोनयन दर्ता गराएको छ । प्रतिनिधिसभा सदस्यका लागि मंगोल नेशनल अर्गनाइजेसनकातर्फबाट बीरलाल राई, राष्ट्रिय जनमुक्ती पार्टीकातर्फबाट गोकर्ण राई, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) कातर्फबाट महेश बास्तोला र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकातर्फबाट गणेशबहादुर राई मैदानमा छन् । राप्रपा नेपालले भने कुनै पनि पदमा मनोनयन दर्ता गराएन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ