2026-09-22 08:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धनमा यसरी टुंगियो सिट बाँडफाँट

कात्तिक १५, काठमाडौं । एमाले र माओवादी केन्द्रले दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि क्षेत्र बाँडफाँट टुंग्याएका छन्। 

प्रत्यक्षतर्फ सिट टुंग्याउन सकस परेका झापा, चितवनसहितका जिल्लामा दुवै दलका शीर्ष नेतृत्वबीच सहमति जुटेको हो । सिट बाँडफाँट टुंगिएपछि उम्मेदवारका लागि दलको बैठक मंगलबार रातिसम्म बसेको थियो। 

झापा, चितवन, दाङ, सल्यान, दैलेख र उदयपुरको सिट विभाजनमा समस्या देखिएको थियो। प्रतिनिधिसभाका १२८ र प्रदेशका २५६ सिटमा आगामी मंसिर २१ गते दोस्रो चरणमा चुनाव हुँदैछ। यो खबर बालकृष्ण बस्नेतले आजको कान्तिपुरमा लेखेका छन्।

चितवन २ बाट एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल उम्मेदवार हुने भएका छन्। सोही क्षेत्रमा दावी गरेका माओवादी केन्द्रका नेता रामबहादुर थापालाई काठमाडौं–१० बाट उठाउने सहमति भएको छ। उक्त क्षेत्रबाट यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल उठेका थिए। 

पहिलो संविधानसभा चुनावमा दाहालले उक्त क्षेत्रबाट जितेका थिए। पछिल्लो संविधानसभामा भने कांग्रेसका नेता राजन केसीसँग हारेका थिए। उक्त क्षेत्रमा एमालेबाट प्रस्तावित नेता सुरेन्द्र मानन्धरको नाम भने समानुपातिकमा परेको छ। उनी यसअघि पनि दाहालसँग प्रतिस्पर्धा गरेका थिए।

सल्यानमा पनि मंगलबार टुंगो लागेको छ। प्रतिनिधिसभामा एउटा निर्वाचन क्षेत्र भएको सल्यानमा दुवै दलले दावी गरेका थिए। लामो बहस र छलफलपछि प्रतिनिधिसभामा माओवादी केन्द्र र प्रदेशका क र ख दुवैमा एमालेका उम्मेदवार उठ्ने भएका छन्। 

प्रतिनिधिसभामा माओवादी केन्द्रले मन्त्री टेकबहादुर बस्नेतलाई उठाउने भएको छ। प्रदेशमा भने गठबन्धनका तर्फबाट एमाले नेता प्रकाश ज्वाला र गुलाबजंग शाह उठ्ने भएका छन्। एमालेले प्रदेश ६ को मुख्य मन्त्रीको प्रमुख दावेदारका रुपमा ज्वालालाई प्रदेश लगेको हो। 

यसअघि सांसद, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार र संसदमा अर्थ समितिका सभापति समेत रहेका ज्वालालाई मुख्य मन्त्रीमा उठाउने एमालेको तयारी छ। दाङ २ मा एमाले स्थायी समिति सदस्य शंकर पोखरेल र माओवादी नेता कृष्णबहादुर महराबीच को उठ्ने भन्ने विवाद पनि दुवै दलका शीर्ष नेतृत्वले टुंग्याएका छन्। 

पोखरेललाई गठबन्धनका तर्फबाट प्रदेश ५ को मुख्य मन्त्री बनाउने समझदारीपछि उनी प्रदेशमा उठ्ने भएका छन्। ‘मलाई मुख्य मन्त्रीको प्रस्ताव प्रचण्डजीले नै राख्नुभयो। मैले हाम्रो पार्टी अध्यक्षको मुहारमा हेरें। उहाँले पनि झन् बल गरी मुख्य मन्त्रीकै लागि आग्रह गर्नुभयो’, नेता पोखरेलले भने, ‘मैले पनि शीर्ष नेतृत्वको आग्रह स्वीकार्दै प्रदेशमा जाने निधो गरें।’

झापा माओवादीले आफ्ना स्थापित नेताका लागि सुनिश्चित हुनुपर्ने लबिङ गर्दै आएको थियो। क्षेत्र नम्बर १ र ३ मा दुवै दलबीच विवाद थियो। मंगलबार झापाको पनि टुंगो लागेको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए। 

उनका अनुसार झापा १ मा माओवादी तथा २, ४ र ५ एमालेले लिने सहमति भएको छ। ३ मा भने बाम गठबन्धन र राप्रपाबीच सहकार्य हुने भएको छ। क्षेत्र ३ बाट राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनलाई वाम गठबन्धनले सघाउने छ। 

राप्रपालाई सुरुमा कांग्रेसले सघाउने भनिएपनि अन्तिममा उक्त क्षेत्रबाट कांग्रेसका नेता कृष्ण सिटौलाले उम्मेवारी दिने भएका छन्। क्षेत्र १ मा भने माओवादीका नेता एवं पूर्व सञ्चारमन्त्री राम कार्की उठ्ने छन्। क्षेत्र २ मा एमालेबाट पूर्व कानुनमन्त्री अग्नी खरेल वा पवित्रा खरेलमध्ये एक जनाले टिकट पाउने भएका छन्। 

क्षेत्र ४ बाट एमालेका एलपी साँवा र ५ बाट एमाले अध्यक्ष केपी ओलीको टुंगो लागिसकेको छ। सुर्खेतमा प्रतिनिधिसभाका दुवै क्षेत्रमा एमाले तथा प्रदेशमा माओवादीले पाउने गरी टुंगो लागेको छ। त्यस्तै, दैलेखमा प्रतिनिधिसभाका २ क्षेत्रमा एमालेका उम्मेदवार हुनेछन् । 

माओवादीले भने प्रदेशमा १ को क मा टिकट पाउने भएको छ । टुंगो लाग्न नसकेको उदयपुरका सम्बन्धमा भने मंगलबार रातिसम्म छलफल चलिरहेको नेताहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो