2026-09-15 04:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

नगरपालिकामा कर्मचारी पदपूर्ति नहुँदा समस्या

सुशीला रेग्मी/कात्तिक १५, पाल्पा । कर्मचारी रिक्त दरबन्दी पदपूर्ति हुन नसक्दा रामपुर नगरपालिकालाई सेवा प्रवाहमा समस्या परेको छ । 

रामपुर नगरपालिकाका अधिकांश वडा विकट र दुर्गममा रहेका छन् । सबै वडामा वडा कार्यालय सञ्चालन हुन नसक्दा दैनिक तीनदेखि चार घण्टाको समय बिताएर सानो कामकाजका लागि पनि नगरपालिका कार्यालयमा धाउनुपर्ने समस्या छ । 

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि जनप्रतिनिधिले नेतृत्व गरेको चार महिना भयो । नगरपालिकामा कर्मचारीको दरबन्दी अभावले वडा कार्यालय सञ्चालन नहुँदा सेवाग्राहीले भने निकै सास्ती खेप्नुपरेको छ । 

रामपुर नगरपालिका–१० की संगीता भण्डारी काखमा बच्चा च्यापेर चार घण्टाभन्दा बढीको समय खर्चिएर नगरपालिका कार्यालयमा आउन जान उहाँलाई त्यति सजिलो छैन । एक दिनको समय बिताएर दुई छोराछोरीको जन्मदर्ताका लागि नगरपालिका कार्यालयमा आउन निकै समस्या झेल्नुपरेको छ । 

उहाँ भन्नुहुन्छ, “स्थानीय तहको निर्वाचनपछि वडा कार्यालयबाट सबै काम बन्छ भन्ने सुनेकी थिएँ”– “नगरपालिकाको कार्यालय पनि टाढा रहेको हँुदा सानो कामकाजका लागि दिन बिताउनु परेको छ” भण्डारीले भन्नुभयो । हेर्दा काम सानो छ, तर आउन जानका लागि समय धेरै खर्चनुपर्ने बाध्यता छ । 

सोही ठाउँकै ७६ वर्षीय नरबहादुर गाहा पनि लौरो टेकेर झण्डै पाँच घण्टाको समय लगाएर नगरपालिका आएको बताउनुहुन्छ । “सानो कामका लागि नगरपालिकामा आउन जानै निकै झन्झट छ, वडाबाट सेवा दिएमा नागरिकलाई ठूलो राहत मिल्ने थियो”, उहाँले भन्नुभयो । 

दुर्गम र विकट क्षेत्र, कच्ची सडकका कारणले गर्दा यहाँ नियमित रुपमा यातायातका साधन चल्न निकै कठिन छ । वडा कार्यालय सञ्चालन नहुँदा अहिलेसम्म वडाका सबै कामकाज नगरपालिका कार्यालय भवनबाटै हुने गरेको छ । अर्कोतर्फ नगरपालिका भवनमा जनप्रतिनिधिलाई बस्ने व्यवस्था नहँुदा वडाका कामकाजमा निकै कठिनाइ हुने गरेको वडा नं १० का वडाध्यक्ष लिलाबहादुर गाहाले बताउनुभयो । 

दशवटा वडा रहेको रामपुर नगरपालिकामा अहिलेसम्म २ र ६ नम्बर वडाको मात्र वडा कार्यालय स्थापना भएको छ । कर्मचारीको व्यवस्था नहुँदासम्म वडावडाबाट सेवा दिन नसकिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । 

“कर्मचारीको व्यवस्थापनका लागि राज्यसँग ताकेता गरिरहेका छाँै, छिटोभन्दा छिटो कर्मचारीको व्यवस्थापन गरेर वडा कार्यालयबाट सेवा दिने तयारीमा लागेका छौँ”, प्रमुख थापाको भनाइ छ । 

नगरपालिकामा दैनिक ठूलो संख्यामा सेवाग्राहीको भीड छ । जनप्रतिनिधिलाई पनि नगरपालिका भवनमा बसेर सेवा दिन समस्या परिरहेको उनीहरु बताउँछन् । सिंहदरबारको अधिकार गाउँगाउँमा भनेपनि नागरिकले भने स्थानीय तहको अनुभूति गर्न पाएका छैनन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ