2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ : वर्षमान पुन

काठमाडौँ | नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रधानमन्त्रीले भनेको सीमा सम्बन्धिको विषय सच्चिनुपर्ने र त्यसमा आफूहरूको अडान रहेको बताएका छन्। संसद्‌ बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले सीमा सम्बन्धि दिएको विवादास्पद अभिव्यक्ति सच्चिनुपर्ने र त्यसका लागि संसद्‌मा आएर प्रधानमन्त्री आफैले जवाफ दिनुपर्ने माग गरे। ‘प्रधानमन्त्रीको विषय सच्चिनुपर्छ। यो संसदको रेकर्डबाट हट्नुपर्छ। उहाँ (प्रधानमन्त्री)ले आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ’, उनले भने।

पुनले प्रधानमन्त्री नआउँदासम्मका लागि संसद् बैठक स्थगन गर्न माग गरेका थिए। उनले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनताका सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहबाट व्यक्त भएको नेपालले भारतको जमिन पनि मिचेको छ भन्ने अभिव्यक्तिप्रति असहमति रहेको बताए।

उनले प्रधानमन्त्री शाहलाई अभिव्यक्ति सच्याउन दिने पनि बताए। ‘उहाँ(प्रधानमन्त्री) आशय के हो? भन्ने खोजेको के हो? उहाँले हाउस (संसद्)मा भन्नुपर्छ भन्दै आएका छौँ। हामी त्यसमा पनि शंकाको लाभ दिएका छौँ’, पुनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक