2026-10-14 11:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा बाम गठबन्ध र कांग्रेसबिच प्रतिस्पर्धा हुँदै

कमल रावल/कात्तिक १६, अछाम । दोस्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि अछाममा उम्मेदवारको टुंगो लागेको छ । 

मुख्य प्रतिस्पर्धीहरु नेपाली कांग्रेस र वामगठबन्धनले अछामका २ वटा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरु टुंगो लगाएका हुन् । क्षेत्र नं. १ मा गठबन्धनका तर्फबाट एमालेका भीम रावल र नेपाली कांग्रेसका भरतकुमार स्वारबीच प्रतिस्पर्धा हुने भएको छ । रावल कांग्रेसका स्वारको लागि ‘हेवी वेट’ उम्मेदवार हुन् । 

एमालेका केन्द्रीय उपाध्यक्ष रावलसँग प्रतिस्पर्धा गर्न लागेका स्वार नेपाली कांग्रेस अछामका सभापति तथा पूर्व जिल्ला विकास समितिका सभापति हुन् । यस्तै अछाम क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट पुष्पबहादुर शाह र वाम गठबन्धनबाट एमालेकै यज्ञबहादुर बोगटीले टिकट पाएका छन् ।

 शाह नेपाली कांग्रेस अछामका पूर्व सभापति हुन् भने बोगटी एमालेका वर्तमान जिल्ला सचिव हुन् । प्रदेशतर्फ क्षेत्र नम्बर १ को (क) मा नेपाली कांग्रेसबाट मेघराज खड्का र एमालेबाट गोविन्दबहादुर कुँवरबीच प्रतिस्पर्धा हुने भएको छ । खड्का दोश्रो संविधानसभा निर्वाचनमा भीम रावलसँग निकटम प्रतिस्पर्धी भएर चुनाव हारेका थिए । सोही क्षेत्रको (ख) मा गठबन्धनबाट माओवादी केन्द्रबाट झपट बोहरा र कांग्रेसबाट टेकबहादुर साउँद आमुनेसामुने हुँदैछन् । 

बोहरा बैंकर हुन् भने साउँद कांग्रेस जिल्ला पूर्व सचिव हुन् । यस्तै क्षेत्र नम्बर २ को (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अक्कलबहादुर रावल र नेपाली कांग्रेसबाट सुरतबहादुर विष्टले टिकट पाएका छन् ।

 रावल केन्द्रीय आयोजक समिति सदस्य हुन भने विष्ट रिटायर्ड शिक्षक हुन् । सोही क्षेत्रको (ख) प्रदेशमा नेपाली कांग्रेसबाट बलबहादुर कुँवर र एमालेबाट बलबहादुर सोडारीले टिकट पाएका छन् । 

कुँवर दोश्रो संविधानसभा निर्वाचनमा एमालेका भरत साउँदसँग निकटतम प्रतिद्धन्दी भएर पराजित भएका थिए भने सोडारी एमाले जिल्ला सचिवालय सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ