2026-09-30 12:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधि सभाको बैठक सूचना टाँसेर २ बजेसम्म स्थगित

काठमाडौँ | प्रतिनिधि सभाको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको छ। प्रतिपक्षी दलहरूको अडान र अवरोधबीच प्रतिनिधि सभा बैठक सभामुख डोलप्रसाद अर्यालले बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका थिए। तर बैठक सुरू हुनु अगावै सूचना टाँसेर बैठक स्थगित गरिएको हो।

सीमाबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरूले विरोध जारी राखेका छन्। प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए। प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले प्रधानमन्त्रीले सीमबारे प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति पुष्टि हुने प्रमाण देखाउनुपर्ने नभए अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने अडान राख्दै आएका छन्।

सत्तारूढ रास्वपाले परराष्ट्र मन्त्रालयले यसबारे प्रष्टाइसकेको र आवश्यक परे परराष्ट्र मन्त्रीले जबाफ दिने बताए पनि प्रतिपक्षी दलहरूले भने प्रधानमन्त्रीले नै अभिव्यक्ति सच्याउनुपर्ने अडान राखेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री