2026-09-28 08:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

कांग्रेसभित्र कुनै विवाद नभएको भन्दै एकमत भएर चुनावमा खटिन आग्रह

कात्तिक २२, तेह्रथुम | नेपाली कांग्रेस तेह्रथुमका नेता तथा पुर्वसांसद तुलसी सुब्बाले तेह्रथुम कांग्रेसभित्र कुनै विवाद नरहेको बताउनुभएको छ । कांग्रेसको महासमिति सदस्य समेत रहनुभएका सुब्बाले टिकट लिने बेलामा धेरैको दाबी हुनु स्वभाविक भन्दै अब एक ढिक्का भएर पार्टीलाई जिताउन सुब्बाले आग्रह गर्नुभयो । 

काठमाडौँमा नेपाली कांग्रेस तेह्रथुम काठमाडौँ सम्पर्क समितिले गरेको कार्यक्रममा नेता सुब्बाले पार्टीको जिल्ला कार्यसमितिको निर्णय बमोजिम नै केन्द्रीय समितिले टिकट वितरण गरेको बताउनुभयो । नेता सुब्बा ०६४ को संविधान सभा निर्वाचनमा तेह्रथुमबाट प्रत्यक्षतर्फ विजयी हुनुभएको थियो । २०७० को चुनावमा पार्टीभित्रको अन्तद्धन्द्धका कारण प्रतिपक्षीले फाइदा उठाएको भन्दै  नेता सुब्बाले अब त्यस्तो हुन नदिने बताउनुभयो । उहाँले यसपालिको निर्वाचनमा जिल्लाबाट उम्मेद्वारी दिएका तीनै जना उम्मेदवारहरु भारी मतले विजयी हुनेमा विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डम्बर माबोहाङले कांग्रेस नेतृ सीता गुरुङको युवा व्यक्तित्वलाई चिनेर उहाँको क्षमताको फाइदा उठाउन मतदातालाई सुझाव दिनुभयो । कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य तथा भौतिक पुर्वाधार राज्यमन्त्री सीता गुरुङले आफु समानुपातिक बाट दुई पटक सांसद हुँदा सधै जिल्लाको विकास निर्माणमा ध्यान केन्द्रित गरेको बताउनुभयो । तर अधिकांश अधिकार प्रत्यक्षबाट निर्वाचित सासदसँग हुने व्यवस्थाले आफुले चाहेजति सबै काम गर्न नसकेको बताउनुभयो । 

नेतृ गुरुङले आफुले मन्त्रालयको जिम्मेवारी लिएपछि तुरुन्तै निर्वाचन आचारसंहिता लागेकाले यो अवसरमा समेत चाहेजति काम देखाउन नपाएको स्वीकार्नुभयो । तर आफु सधै जिल्लाबासीको हितमा रहेको उहाँको भनाइ थियो । कार्यक्रममा प्रदेश सभा २ का उम्मेदवार प्याब्सन केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेले युवाहरुलाई स्वदेशमै रोजगार बनाउन व्यवसायिक तथा प्राविधिक शिक्षालयहरु स्थापनाको खाँचो रहेको बताउनुभयो । कांग्रेस नेता सुब्बासहित उम्मेदवारहरुको टोली शुक्रबार जिल्ला आइपुग्ने कांग्रेस तेह्रथुम काठमाडौँ सम्पर्क समितिका सचिव बालकुमार गुरुङले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह