Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा आठजना महिला चुनावी मैदानमा, कुन पार्टीबाट को ?

२०७४, २३ कार्तिक बिहीबार ०६:५५

कात्तिक २३, दाङ । मंसिर २१ गते हुनगइरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ दाङबाट आठजना महिला चुनावी मैदानमा उत्रिएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङका अनुसार प्रतिनिधि सभा सदस्यमा चार र प्रदेश सभा सदस्यमा चार गरी जम्मा आठ जना महिला चुनावी मैदानमा उत्रेका हुन् । 

यसरी चुनावी मैदानमा उत्रिनेमा प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नं १ बाट नेपाली काँग्रसबाट सुशीला चौधरी, प्रतिनिधि सभा सदस्यका लागि सोही क्षेत्रबाट नेकपा (माले)बाट रेखा केसी, दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट दिलमाया बुचा र प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नं ३ बाट राष्ट्रिय जनमोर्चाबाट कमला जिसी चुनावी मैदानमा उत्रिनु भएको हो । 

त्यसैगरी, प्रदेश सभा सदस्यका लागि दाङ क्षेत्र नं १ (क) बाट नेकपा (माले)का सविता जिसी (पाण्डे), दाङ क्षेत्र नं २ (क) बाट राष्ट्रिय जनमुक्ति पार्टीका आशा नेपाली, क्षेत्र २ (क) बाट नै नयाँशक्ति पार्टीका पद्मा बानियाँ र दाङ क्षेत्र नं ३ क बाट राष्ट्रिय जनमुक्ति पार्टीका लिला पहाडी चुनावी प्रतिष्पर्धामा रहनुभएको छ । 

दाङमा प्रतिनिधि सभा सदस्यका लागि चार महिलासहित जम्मा ३० जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् भने प्रदेश सभा सदस्यका लागि पनि चार महिलासहित जम्मा ५१ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी