2026-07-03 09:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पेशागत ट्रेड युनियनका पदाधिकारीलाई निर्वाचनमा नखटाउने तयारी हुँदै

2017-11-09

रेशमराज रोकाया/कात्तिक २३, हुम्ला । जिल्लाको निर्वाचनको लागि शान्तीपूर्ण रुपमा सम्पन्न गर्नको लागि मूख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले शिक्षक तथा कर्मचारी ट्रेड युनियनमा संलग्न शिक्षक तथा कर्मचारीलाई नखटाउने निर्णय गरेको छ । 

स्थानिय तहको निर्वाचनमा त्यस्ता कर्मचारी तथा शिक्षक खटिएका केन्द्रमा केही विवाद तथा चुनाव शान्तीपूर्ण गराउनको लागि केही बाधा व्यवधान भएको ठहर गर्दै प्रदेश तथा संघको चुनावमा नटाउने तयारी गर्दै ट्रेड युनियनको  जिल्ला र केन्द्रमा संलग्नको पदाधिकारीको विवरण माग गरेको छ । 

गएको स्थानिय तहको निर्वाचनमा त्यस्ता ट्रेड युनियनका जिल्ला अध्यक्ष तथा सचिवलाई नखटाईएको भएता पनि यस पटकको चुनावमा पुरा समितिका पदाधीकारी र केन्द्रिय प्रतिनिधीलाई समेत नखटाउने तयारी भईरहेको जिल्ला निर्वाचन अधिकारी प्रदिप सिँह धामीको आशय रहेको छ । 

त्यसै गरी जिल्लामा रहेका माध्यमिक तहमा कार्यरत कुनै पनि शिक्षकलाई चुनावमा मतदान अधिकृतको रुपमा नखटाउने तयारी रहेको बुझिएको छ । निजामती कर्मचारीका सुब्बा स्तरका कर्मचारीलाई भए पनि अधिकृतमा खटाएर पठाउने तयारी भईरहेको छ । 

उता सहायक कर्मचारीको लागि भने स्थानिय आधारभूत तहका स्थायी शिक्षकलाई खटाईने भएको छ । शिक्षक संघ संगठनले भने जिल्लामा रहेका माध्यमिक तहका शिक्षकलाई नटाईनु भनेको राज्यको र जिल्ला निर्वाचन कार्यालय प्रति रोष प्रकट गरेका छन् । एकिकृत नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष अमर बहादुर शाही अनुसार ट्रेड युनियनमा रहेका सम्पूर्ण पदाधिकारी र माध्यमिक तहका शिक्षकलाई नखटाईनु भनेको अपहेलना गरेको बताउनु भयो । 

यस अघिको स्थानिय तहको चुनावमा अध्यक्ष र सचिवलाई नखटाएको जायज भएको भएता पनि सम्पूर्ण पदाधिकारीलाई नखटाईनु भनेको राम्रो नभएको शाहीले बताउनु भयो । कोही पनि स्वच्छ छवि रहेको नहुने कुनै न कुनै संघ संगठनमा आवद्ध रहेको हुने भएकोले अध्यक्ष र सचिव बाहेक सबैलाई खटाईनु पर्नेमा जोड दिनु भयो । 

माध्यमिक तहका शिक्षकलाई नखटाउनु अनि निजामति कर्मचारीको सुब्बालाई अधिकृृतको रुपमा खटाईनु जिल्ला निर्वाचन कार्यलयको शिक्षक प्रति गरिएको अपमान हो अनि जहिले पनि शिक्षकलाई निजामती कर्मचारीको मुनी राखिनु प्रति आक्रोश जिल्लाका सबै शिक्षक ट्रेड युुनियनका पदाधिकारीको रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक