२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं-८: यस्तो छ ‘किल्ला’ जोगाउने र भत्काउनेको रोचक लडाइँ

२०७४, २४ कार्तिक शुक्रबार ०२:५४

कात्तिक २४, काठमाडौं । बहुदलकालका तीन चुनावमा तीनैपल्ट लालकिल्ला तर पछिल्ला दुई संविधानसभा चुनावमा लगालग कांग्रेसको वर्चश्व । 

काठमाडौं-८ को चुनावी माहोल तताउन इतिहासका यी दुई दृष्टान्त पर्याप्त छन् । कांग्रेसका नवीन्द्रराज जोशी र एमालेका जीवनराम श्रेष्ठ यही ‘दृष्टान्त दोहोर्‍याउने’ योजनामा छन् । 

०६४ र ०७० को संविधानसभा निर्वाचन जितेका जोशीसामू श्रेष्ठको बलियो चुनौती छ । ०४८, ०५१ र ०५६ सालको आमनिर्वाचनमा भने यो क्षेत्र एमालेले जितेको थियो । जोशी ह्याट्रिक गर्ने तयारीमा छन् भने श्रेष्ठ कांग्रेस ‘किल्ला’ भत्काउने सुरमा ।

२०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि २०४८ सालमा भएको पहिलो आमनिर्वाचनमा गणेशमान सिंहका छोरा प्रकाशमान सिंह र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालकी पत्नी सहाना प्रधानबीच यो क्षेत्रमा प्रतिस्पर्धा भएको थियो । 

त्यसबखत प्रधान विजयी भइन् । त्यसपछि २०५१ सालको मध्यावधिमा एमालैकै राजेन्द्र श्रेष्ठ र २०५६ को आमनिर्वाचनमा पनि एमालेकै मंगलसिद्धि मानन्धरले विजय पाए ।

यतिखेर जोशी र श्रेष्ठ दुवै आ-आफ्नो जितमा ढुक्क देखिएका छन् । क्षेत्र ८ को निर्णायक मानिएको १५ नं. वडाको डल्लु आवास क्षेत्रमा बिहीबार घरदैलो गर्दैगर्दा भेटिएका कांग्रेस उम्मेदवार जोशीले आफू जित्नेमा ढुक्क रहेको बताए । 

‘राजनीतिक र सामाजिक रूपमा समर्पित भएका व्यक्तिलाई यहाँका जनताले राम्ररी छुट्याउने छन्, मैले यो समाजका लागि के-कस्तो काम गरेको छु भन्ने उनीहरूले हेरिरहेकाले मलाई न्याय गर्ने छन् भन्नेमा विश्वस्त छु’, उनले भने ।

जोशीले डल्लु आवास क्षेत्रमा बुधबार मात्रै चुनाव प्रचार-प्रसार समितिको कार्यालय स्थापना गरी औपचारिक रूपमा चुनावी अभियान थालेका छन् । जोशीले डल्लु आवास क्षेत्रबाट घरदैलो थाल्दै गर्दा प्रतिस्पर्धी एमालेका श्रेष्ठ भने अनौपचारिक भेटघाटमै व्यस्त छन् । 


उनले औपचारिक रूपमा घरदैलो अभियान सञ्चालन नथाले पनि वडा नं. १५ को कार्यालय प्रांगणमै मतदातासँग मत माग्न थालिसकेका छन् । ‘अब हामी पुरानो इतिहास कायम राख्ने छौं । यो क्षेत्रमा वामपन्थीको फूल फुलिसक्यो, त्यसलाई गोडमेल गर्ने तयारी थालिसकेको छु’, उनले भने ।

श्रेष्ठले २०४८ देखि २०५६ सालसम्म आठ नम्बर क्षेत्रमा वामपन्थी हावी हुँदै आए पनि बीचमा पार्टी विभाजनका कारण केही समय अरुले अवसर पाएको दाबी गरे । ‘यो क्षेत्र भनेको वामपन्थीलाई अत्यधिक माया गर्नेहरूको आधारभूमि हो । हामी २०४८ सालदेखि निरन्तर जित्दै आएका हौं । २०६४ र २०७० मा वामपन्थीको भोट बैंक विभाजित हुँदा हार्नुपरेको हो’, उनले भने ।

कांग्रेसका उम्मेदवार जोशीले भने वामपन्थी गठबन्धनले आफूहरूको जितमा कुनै असर नगर्ने बताए । ‘मेरो जित निश्चित छ, यहाँका मतदाताले मलाई असाध्यै माया गर्नुहुन्छ । 

म अहिले भर्खरै घरदैलो गरेर आएँ, मलाई लाग्छ यति रेस्पोन्स र माया पाउने कमै व्यक्ति हुन्छन्’, जोशीले आफ्नो जितको आधार सुनाउँदै भने । एमाले उम्मेदवार श्रेष्ठले भने जोशीले १० वर्षसम्म सांसद हुँदा यस क्षेत्रको विकासमा संवेदनशीलता देखाउन नसकेकाले यहाँका जनताले अब विकल्प खोज्ने दाबी गरे । ‘अब मानिस सचेत भइसकेका छन्, १० वर्ष उनले सांसद भएर काम गर्दा पनि यस क्षेत्रमा कुनै काम भएन भन्ने असन्तुष्टि यहाँका मतदातामा छ’, उनले भने ।

स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने यो क्षेत्रमा वामपन्थी गठबन्धन कांग्रेसभन्दा अगाडि छ । क्षेत्र ८ मा काठमाडौं महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ वडा तथा नागार्जुन नगरपालिकाको ४ र ५ वडा पर्छन् । 

स्थानीय तहमा यो क्षेत्रमा एमाले र माओवादी केन्द्रको गठबन्धनको पक्षमा १६ हजार ३ सय ४९ मत र कांग्रेस-राप्रपाको लोकतान्त्रिक गठबन्धनको १३ हजार १ सय १९ मत खसेको थियो ।

वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा रहेका एमालेका श्रेष्ठ लोकतान्त्रिक गठबन्धनभन्दा सशक्त भएको र संघीय समाजावादी फोरमले पनि समर्थन गरेकाले आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन् । 

श्रेष्ठले आफ्नो जित सुनिश्चित हुनुको थप आधार सुनाउँदै भने, ‘यहाँका ५ वटा वडामध्ये १५ र १३ मा मात्रै २५ हजारभन्दा बढी मतदाता छन्, यी दुई वडा निर्णायक पनि हुन् । यी दुवैमा स्थानीय तहमा एमालेले शानदार विजय हासिल गरेको छ ।’ जोशीले भने स्थानीय निर्वाचनलाई जितको आधार बनाउन नमिल्ने बताए । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले