2026-09-14 02:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

जर्नादन शर्मालाई लक्षित गरी २ वटा बम प्रहार (विज्ञाप्ति सहित)

कात्तिक २४, रुकुम | प्रतिनिधि सभाका उम्मेदवार तथा सरकारका विना विभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी रुकुमको चौरजहारी नगरपालिका–८, को गोइरीमा २ वटा बम प्रहार भएको छ । 

रुकुमको चौरजहारी उपत्यकाको चुनावी सभा, घेरदैलो र भेटघाट सकेर करिव बिहान ९ बजेतिर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेका शर्मा सहितको टोलीलाई सडकमाथिबाट सुतली बम प्रहार गरिएको हो । सुरक्षाको उच्च सतर्कताका कारण बम प्रहारबाट कुनै क्षति नभएको रूकुम प्रहरीले जनाएको छ । एउटा बम पड्किएपछि अर्को बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बम रेडबुलको बट्टामा राखिएको थियो ।

चुनावी प्रसार टोलीलाई लक्षित गरि कसले बम हानेको भन्ने पहिचान नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख डिएसपी राजेन्द्रप्रसाद धमलाले घटनामा संलग्न समूह र व्यक्तिको खोजी भइरहेको बताएका छन् । बम नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्रहार गरेको आशंका गरिएपनि पुष्टि भने हुन सकेको छैन ।

एमाले माओवादीको बिरोध  

उम्मेदवार शर्मा र उनको प्रचार टोलीमाथि लक्षित गरी हानिएको बम प्रहारबिरुद्ध एमाले–माओवादी पार्टी एकता संयोजन समिति रुकुम (पश्चिम)ले विरोध समेत जनाएको छ । उनीहरुले बिज्ञप्ती मार्फत उम्मेदवारलाई लक्षित गरी बम प्रहार गर्नु देशको विकास र समृद्धिको विरुद्ध भएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ