१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अब सिंगो देशलाई नै कांग्रेसमय बनाउनुपर्छ: पुन

२४ कार्तिक २०७४, शुक्रबार १३:०४

कात्तिक २४, रोल्पा । राष्ट्रको समृद्धि, शान्ति र स्वाधिनता चाहने राजनीतिक दलललाई आगामी निर्वाचनमा मतदान मार्फत छनौट गर्न नेपाली कांग्रेस रोल्पाका सभापति एवम् प्रतिनिधि सभा सदस्य उम्मेदवार अमरसिंह पुनले रोल्पालीहरुलाई अनुरोध गर्नुभएको छ । 

देशमा जटिल मोडहरुमा नेपाली कांग्रेसले नेतृत्व लिएको स्मरण गर्दै पुनले अब सिंगो देशलाई नै कांग्रेसमय बनाउनु पर्ने बताउनु भयो । प्रकृति युवा क्लव घोडागाउँ रोल्पाको दशौं वार्षिक उत्सवका अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पुनले यस्तो बताउनु भएको हो । 


दशवर्षे सशस्त्र युद्धले थिलोथिलो भएको रोल्पालाई अब दु्रत गतिमा अघि बढाउनु पर्नेमा उहाँको जोड थियो । 

यसैवीच पुनले “स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने नारालाई सार्थक बनाउन युवाहरुले खेलकूद क्षेत्रको विकासमा विशेष योगदान दिनुपर्ने बताउनु भयो । उहाँका अनुसार खेलाडीहरुले खेलको माध्यमद्वारा देशलाई विश्वमै चिनाउन सकिने भएको हुँदा उनीहरुलाई प्रेरित गर्नका लागि राज्यलेपनि विभिन्न नीति तथा कार्यक्रमहरु निर्माण तथा कार्यान्वयन गर्दै अगाडि बढ्नु पर्ने बताएको पुनका स्वकीय सचिव रोनी पुनले जानकारी दिनुभयो । 

नृपेन्द्र सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बयोबृद्ध एवम् रोल्पाका पुराना राजनीतिज्ञ तथा पूर्व मन्त्री बालाराम घर्तीमगर, नेपाली कांग्रेसका पूर्व सांसद लेखनाथ आचार्य, नेपाली कांगे्रस रोल्पाका निवर्तमान सभापति कृष्णबहादुर घर्तीमगर, नेपाली कांग्रेस रोल्पाका उप सभापति किशोरकुमार आचार्य, सुवर्णावती गाउँपालिका १ घोडागाउँ रोल्पाका वडा अध्यक्ष केशब कवर, रोल्पा उद्योग बाणिज्य संघका अध्यक्ष बालकृष्ण सुवेदी लगायतको उपस्थिति रहेको त्यहाबाट पत्रकार योगेन्द्र अनुपम जिसीले जानकारी दिनुभयो । 

कार्यक्रमका सहभागिहरुले शान्ति समृद्धि र संविधान कार्यान्वयन तथा समाजिक रुपान्तरणका लागि आगामी निर्वाचनमा प्रदेश सभा तथा प्रतिनिधि सभामा सबैले रुखमा मतदान गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो