१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्र हुम्लाले स्वतन्त्र उम्मेद्वारलाई सघाउने, यस्तो छ कारण

२६ कार्तिक २०७४, आईतवार १५:३५

रेशमराज रोकाया/कात्तिक २६, हुम्ला । हुम्लामा माओवादी केन्द्रले आफ्नो पार्टीको आधिकारिक उम्मेद्वारलाई भन्दा स्वतन्त्र उम्मेद्वारलाई सघाउने निर्णय गरेका छन् । 

जिल्लाको दक्षिणमा रहेको अदानचुली, ताँजाकोट र मध्य भागको सर्केगाड गाउँपालिकाको गाउँ कमिटीले स्वतन्त्र उम्मेद्वार छक्क बहादुर लामालाई सघाउने निर्णय गरेको छ । 

हिजो सार्वजनिक गरेको बक्तव्यमा सर्केगाड गाउँपालिकाका एकिकृत माओवादी केन्द्रका गाउँ कमिटी अध्यक्ष राजेन्द्र कार्की मिलनले बाम गठबन्धनको तर्फबाट नेकपा (एमाले) का प्रदेश नं. १ क का उम्मेद्वार दल रावल र स्वतन्त्र उम्मेद्वार छक्क बहादुर लामालाई सघाउने निर्णय गरेको जानकारी दिनु भयो ।

हुम्लामा एकिकृत माओवादी केन्द्रले टिकट वितरणमा अन्याय गरेको भन्दै माओवादी केन्द्रका पोलिटव्युरो सदस्य छक्क बहादुर लामाले स्वतन्त्र उम्मेद्वारकोे रुपमा मनोनयन गर्दा पार्टीका नेता तथा कार्यकर्ता कसलाई सघाउने भन्नेमा दोधारमा परेका थिए । 

उता पार्टीको टिकट पाएका माओवादी केन्द्रका जिल्ला संयोजक छिमी लामा आशाकर भने आधिकारिक उम्मेद्वार आफु भएकोले आफुलाई सघाउन भन्दै प्रचारमा लागेका छन् । 

दुवै पक्ष आफु आधिकारिक भएको भन्दै चुनावी प्रचारमा लागेका छन् । बाघि उम्मेद्वार दिएको भन्दै यस अघि नेकपा माओवादी केन्द्रले पार्टीको साधारण सदस्य नरहने गरी स्वतन्त्र उम्मेद्वार छक्क बहादुर लामालाई कारबाही गरिसकेको छ ।

किन भयो त असमझदारी ?

एकै पार्टीबाट बाघि उम्मेद्वार पार्टीमा अन्यौलता छाएको भन्दै यसलाई मिलाउनको लागि अर्का पोलिटव्युरो सदस्य तथा पुर्व सभासद कर्णजित बुढाथोकी र केन्द्रिय आयोजक समिति सदस्य डा. दिपेन्द्र रोकायाले प्रयास गर्दा टिकट पाएका छिमी लामाले स्वतन्त्र उम्मेद्वार छक्क बहादुर लामालाई सघाउने एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका थिए । 

त्यसको भोली पल्ट फेरी आफुले नै पार्टीको टिकट पाएको भन्दै दावी गरे पछि सहमति भँग भएको थियो । सहमती भँग भए पछि दुवै नेता आफ्नो ढंगले चुनावी प्रचारमा रहेका छन् । 

चुनावी प्रचारको क्रममा बाम गठबन्धनको अर्को घटक नेकपा (एमाले) लाई कुन पक्षलाई सहयोग गर्ने भन्ने अन्यौलता भएको नेकपा (एमाले) का अध्यक्ष दल रावलले बताउनु भयो । जिल्लामा बाम गठबन्धनमा आएको यस्तो समस्याको कारण बामगठबन्धनका कार्यकर्ता अन्यौलमा रहेका छन् । 

प्रचार प्रसारमा अधिकाँश जिल्ला देखी लिएर केन्द्रिय पदमा रहेका नेताले स्वतन्त्र उम्मेद्वार छक्क बहादुर लामालाई सघाउने निर्णय गरेको पोलिटव्युरो सदस्य कर्णजित बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार जनप्रिय प्रतिनिधी सभाका लागि स्वतन्त्र उम्मेद्वार छक्क बहादुर लामा भएको र छिमी लामाले स्वतन्त्र उम्मेद्वारलाई सघाउने सार्वजनिक गरीसकेको हुनाले उहाँलाई सहयोग गर्नु पर्ने बताउँदै आएका छन् । 

आउने मंसिर १० मा हुन लागेको प्रदेश तथा संघको चुनावमा नेपाली काँग्रेसको तर्फबाट मंगल बहादुर शाही, माओवादी केन्द्रको तर्फबाट छिमी लामा र स्वतन्त्र उम्मेद्वार छक्क बहादुर लामाको विचमा कडा प्रतिष्पर्धा हुने यहाँका मतदाताको भनाई रहेको छ । 

त्यसै गरी प्रदेशमा नेपाली काँग्रेसबाट केन्द्र १ ख बाट पूर्व मन्त्री जीवन बहादुर शाही र माओवादी केन्द्रको तर्फबाट विजय भण्डारी प्रतिरोध विच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता