Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा लोकतान्त्रिक गठबन्धन निर्माण

२०७४, ३० कार्तिक बिहीबार ०९:०९

कात्तिक ३०, दाङ । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि दाङमा लोकतान्त्रिक गठबन्धन निर्माण भएको छ । 

आगामी निर्वाचनका लागि दाङमा राप्रपा र राप्रपा प्रजातान्त्रिक पनि नेपाली काँग्रेससँग सहकार्य गरेर जाने भएपछि लोकतान्त्रिक गठबन्धन भएको हो । 

बुधबार घोराहीमा बसेको तीन दलको बैठकले निर्वाचनमा काँग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच सहकार्य गरेर जाने निर्णय भएको छ । काँग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिकका जिल्लास्तरका नेतृत्वबीचको बैठकले लोकतान्त्रिक शक्तिलाई विजयी बनाउनका लागि निर्वाचनमा सँगै जाने निर्णय गरेको नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले जानकारी दिनुभयो । 

नेपाली काँग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्का, राप्रपाका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेत र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष नरेशजंग रानालगायत नेताको सहभागिता रहेको बैठकले आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको पक्षमा जिल्लामा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ । 

जसका लागि आफ्नो पार्टीका संघसंस्था एवं भ्रातृ संस्थालाई सहकार्यबारे जानकारी गराएर सबै लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनतर्फ लाग्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुरोध गर्ने निर्णय भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ