2026-10-13 09:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक

काठमाडौं, २७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सार्वजनिक भएका गम्भीर आरोपका सम्बन्धमा आन्तरिक छानबिन अघि बढाउने निर्णय गरेको छ । पार्टीले छानबिनको निष्कर्ष नआएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।

सुनारसँग सम्बन्धित भनिएका विवादास्पद श्रव्य सामग्री सार्वजनिक भएपछि पार्टीले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।
सोमबार सार्वजनिक भएका अडियोमा सुनारले एक महिलामाथि अश्लील गालीगलौज, धम्की र आर्थिक दबाब दिएको आरोप लगाइएको छ। अडियोमा महिलाले आफूमाथि कुटपिट, धम्की तथा निजी भिडियोका माध्यमबाट दबाब दिइएको गुनासो गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, सार्वजनिक अडियोको आधिकारिकता र आरोपहरूको स्वतन्त्र पुष्टि भइसकेको छैन ।

यसैबीच, रास्वपाले जारी गरेको विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता आरोप अत्यन्त गम्भीर र संवेदनशील रहेको उल्लेख गरेको छ।

पार्टीले विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा उभिएको बताउँदै आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता आरोपलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पारेको छ ।

महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाले अनुसन्धान प्रक्रिया प्रभावित हुन नदिन तथा पदीय नैतिकता कायम राख्न सुनारलाई छानबिन नसकिएसम्म औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाएको जनाएको छ।

पार्टीको आन्तरिक छानबिनसँगै राज्यका सम्बन्धित निकायबाट समेत अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुनुपर्ने रास्वपाको भनाइ छ । अनुसन्धानमा पार्टीका तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। ‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा आफू दृढ रहेको उल्लेख गर्दै रास्वपाले राज्यको अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा विधानबमोजिम थप कदम चाल्ने जनाएको छ । साथै कानुन उल्लङ्घन गर्ने वा पदीय आचरणविपरीत कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिने प्रतिबद्धता पनि पार्टीले दोहोर्‍याएको छ।

अडियो प्रकरण आउनुअघि सुनारले आफूमाथि लगाइएका आरोप प्रमाणसहित पुष्टि गर्न चुनौती दिएका थिए ।

सुनार बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट रास्वपाका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो